दुई उपसमूहको परिसूचक बढ्यो, ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jan 29, 2023 03:21 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

यस दिन होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक क्रमशः ०.२० प्रतिशत र ०.३४ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०४ प्रतिशत घटेको छ भने, विकास बैंक, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

आइतबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। यस दिन लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर पब्लिक, इष्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सयपत्री हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। समृद्धि फाइनान्स र सिभिल लघुवित्तको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी घटेको छ।

११ उपसमूहको परिसूचक ओरालो लाग्दा यस दिन नेप्से परिसूचक ०.६७ प्रतिशत अर्थात १४.६८ अंक घटेर २१६८.५३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८३ अंक, फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ। यस दिन २६७ स्टकको ५१ हजार ९७३ पटकको कारोबारमा ३ अर्ब १ करोड ७० लाख ६३ हजार रुपैयाँ बराबरको ८२ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन कम्पनीको करिब १० करोडको शेयर खरिदबिक्री भएको छ। २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हिमालयन उर्जा विकास कम्पनीको यस दिन ९ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन एनआईसी एशियको कारोबा रकम ७ करोड नाघेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।