अपि पावरलाई हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगको अनुमति

Jan 29, 2023 04:26 PM Merolagani

विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेड (API) लाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । आयोगले माघ १२ गते कम्पनीलाई हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले माघ ३ गते हकप्रद शेयर निष्काशन गर्न साधारण सभामा प्रस्ताव लैजना पूर्व स्वीकृतिको लागि निवेदन पेश गरेको थियो । उक्त निवेदनको आधारमा कम्पनीलाई आयोगले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले हाल सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल ८.५ मेगावाटको गौगड गाढ जलविद्युत आयोजना, ८ मेगावाटको अप्पर नौगड गाढ जलविद्युत आयोजना, ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना र १–१ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना र सिमरा सौर्य विद्युत आयोजना सञ्चालन गरिरहेको छ । यी आयोजना सञ्चालन गर्न कम्पनीले कुल १ अर्ब ६८ करोड ५५ लाख ७४ हजार ६५ रुपैयाँ ४३ पैसा ऋण लिएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।