रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः नियुक्त

Jan 29, 2023 05:40 PM Merolagani



रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः नियुक्त भएका छन्। आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो ।

आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र पूर्व गृहमन्त्री लामिछानेले लिएका थिए ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट उनी पदमुक्त भएका थिए ।