प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक घट्यो नेप्से

Jan 30, 2023 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १४.६८ अंक घटेर २१६८.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२३ अंक घटेर २१६६.३१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१६ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा २५ स्टकको ७ लाख ४७ हजार १४५ रुपैयाँ ५० पैसा बराबरको १ हजार ५८४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।