सुनको मूल्य लगातार दोश्रो दिन महंगियाे, चाँदी भने स्थिर

Jan 30, 2023 11:36 AM Merolagani



सुनको मूल्य लगातार दोश्रो दिन महंगिएको छ । माघ १६ गते, सोमबार सुन तोलामा ३०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हालसालै सुनको मूल्यले बनाएको नयाँ रेकर्डभन्दा आजको मूल्य ७०० रुपैयाँले कम छ । गत साताको बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९०० पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

आइतबार पनि सुनको मूल्यमा वृद्धि भएको थियो । हिजो सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला एक लाख ६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम रहेको छ । हिजो चाँदी तोलामा १५ रुपैयाँले घटेको थियो ।