नाफासँगै बढ्यो निफ्राको प्रतिशेयर आम्दानी

Apr 19, 2023 05:02 AM Merolagani

नेपाल इन्फ्रास्ट्रक्चर बैंक अर्थात निफ्रा (NIFRA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब १६ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६७.२८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ६१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३५५.०३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ५६.११ प्रतिशत र सञ्चालन मुनाफा ६७.३१ प्रतिशत बढेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ रुपैयाँ २९ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ रुपैयाँ ८८ पैसा बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.६३ गुणा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ४१.२९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ९९.१२ प्रतिशत र कर्जा ८४.८६ प्रतिशत बढेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।