सञ्चालन आम्दानी बढेपछि चन्द्रागिरी हिल्सको नाफा धनात्मक

May 12, 2023 09:44 AM Merolagani

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ऋणात्मक रहेको कम्पनीको नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६२ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.६६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यसे आम्दानी ४४ करोड २ लाख रुपैयाँ थियो।

गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १ करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७ करोड ७७ लाख रुपैयाँ धनात्मक भएको छ।
सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफा धनात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ५०.०२ प्रतिशत बढेको छ भने कुल आम्दानी ५१.०४ प्रतिशत बढेको छ। कम्पनीको खर्च समीक्षा अवधिमा ३९.४२ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३८ पैसा ऋणात्मकबाट बढेर ६ रुपैयाँ ७६ पैसा धनात्मक भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७०.२८ गुणा रहेको छ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ३० करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।