गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९८.०९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खर्च नियन्त्रण गर्न सफल भएका कारण बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५७.४० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९६.६६ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४३.८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०४.२३ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर सामान्य आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ७८ पैसा बढेर ३ रुपैयाँ ५३ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९९.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३६६ रुपैयाँ ८ पैसा रहेको छ।
५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २३ करोड ५५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५९.७५ प्रतिशत बढेको छ भने कर्जा लगानी २१.१७ प्रतिशत बढेको छ।