खर्च बढेपछि अरुण भ्यालीको नाफा घट्यो

Aug 15, 2023 10:09 AM Merolagani

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.२० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेपनि खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८८.९० प्रतिशत बढेर २६ करोड २७ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८८.०७ प्रतिशत बढेको छ भने अन्य आम्दानी ८७(७८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च २३०.४३ प्रतिशत बढेको छ। जसका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८५ पैसा घटेर ३ रुपैयाँ १३ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८१.५२ गुणा रहेको छ।

१ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ६ करोड ३१ लाख रुपैयाँ रहेको छ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।