नाफासँगै बढ्यो युनिलिभरको प्रतिशेयर आम्दानी

Aug 17, 2023 12:41 PM Merolagani

युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ५४ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १५.६४ प्रतिशत बढेर ८ अर्ब ४८ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ७ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ थियो। त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ५८.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी १६.३४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १५.२५ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१२ रुपैयाँ ७० पैसा बढेर १ हजार ९८६ रुपैयाँ ९७ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ हजार ७३४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८३.८५ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ४ अर्ब २६ करोड ६५ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।