मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

Sep 24, 2023 03:22 PM Merolagani

असार ७ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड (MEHL) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको ८० लाख कित्ता शेयर सूचीकृत भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरु सहित सर्वसाधारणका लागि निष्काशन गरेको २८ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५२ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर सूचीकरण भएको दोस्रो दिनदेखि नेप्सेमा कारोबार गर्न सकिनेछ। पहिलो कारोबारका लागि कम्पनीलाई नेप्सेले ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा भोली स्पेशल प्रिओपन सेसनमा कम्पनीको शेयर कारोबार हुनेछ। कम्पनीलाई नेप्सेले एमईएचएल स्टक टिकर प्रदान गरेको छ।

कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।