सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरण अध्यावधिक गर्न नेप्सेको निर्देशन

Dec 12, 2023 01:32 PM Merolagani


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरणहरु अध्यावधिक गर्न निर्देशन दिएको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम वार्षिक तथा त्रैमासिक वित्तीय विवरणहरु पेस गर्न निर्देशन दिएको हो ।

कम्पनीहरुले समयमा नेप्सेले उपलब्ध गराएको नोट्स लगइन मार्फत विद्युतीय प्रति अपलोड गर्नुपर्ने उल्लेख छ । कम्पनीहरुले तीन दिन भित्र वित्तीय विवरण अध्यावधिक गर्न निर्देशन गरेको हो ।

वित्तीय विवरण समयमा अध्ययावधि नगर्ने सूचीकृतलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम कारवाही गर्ने व्यवस्था छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।