घर जग्गा र पूँजी बजार सुधाराेन्मुख छः अर्थमन्त्री महत

Feb 26, 2024 02:23 PM Merolagani

अर्थमन्त्री डा‍‍. प्रकाशशरण महतले घर जग्गा र पूँजी बजार सुधाराेन्मुख रहेकाे बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१-०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्ताे बताएका हुन् ।

अर्थमन्त्री महतले वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बताएर स्वस्थ प्रतिस्पर्धी र भरपर्दो गराउने दाबी गरे ।

मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको पनि उनले बताए । पूँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढ्न सफल भएको अर्थमन्त्री महतले बताए।

उनले विद्युत उत्पादन र पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको समेत उल्लेख गरे । उनले वाह्य क्षेत्रतर्फ चालु खर्च सोधान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितिले आर्थिक क्रियाकलापका लागि अनुकुल वातावरण सिर्जना गरेको बताए।

साथै सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुन र संस्थागत व्यवस्था मिलाउने छ । लघुवित्त र सहकारी संस्थाका बचतकर्ताहरुको बचतको सुरक्षाको व्यवस्था मिलाउने बताए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।