म:मका कारण झण्डै भयाे सम्बन्धविच्छेद, म:म नल्याएपछि श्रीमतीले दिइन् श्रीमान विरूद्ध उजुरी

Feb 27, 2024 07:29 PM Merolagani

श्रीमान र श्रीमती बीच झगडा हुनु सामान्य कुरा हो । तर म:मका लागि दम्पत्तिबीच झगडा भएर प्रहरीसम्म पुग्नु परेको घटना सुनिदैन । भारतमा यस्तै घटना घटेकाे छ । पछिल्लो समय कुनै ठूला विवादका कारण नभई म:मका कारणले एक महिलाले श्रीमानको घर मात्र नछाेडेर प्रहरीसम्म पुगेकाे घटना चर्चामा रहेकाे छ ।

यो अनौठो घटना भारतस्थित आगराकाे हाे । एक महिला यितसम्म मम प्रेमी थिइन् कि उनले आफ्ना श्रीमानलाई हरेक दिन म:म खुवाउने शर्त राखेकी थिइन्। आफ्नी श्रीमतीलाई खुसी पार्न उनले पनि दिनहुँ म:म ल्याएर खुवाइरहेका थिए । तर एक दिन ल्याउन नसकेपछि ती महिलाले आफ्ना श्रीमानलाई सजाय दिने निर्णय गरिन् ।

उनी रिसाएर आफ्ना आमाबुवाको घर पुगिन् । त्यसपछि श्रीमानले खानपानको ख्याल नगरेको भन्दै उनले प्रहरीमा उजुरी समेत दिइन् । उनलाई मोमो असाध्यै मन पर्ने गरेकाे तर उनका पतिले उनको लागि म:म नल्याउकाे उनले बताएकी छिन् । जसकारण रिसाएर उनी बाबुआमाको घरमा गएकाे र त्यसपछि विवाद पारिवारिक परामर्श केन्द्रमा पुगेकाे थियाे । दुवै पक्षबीच कुराकानी भएपछि आपसी मेलमिलाप भएको थियो ।

श्रीमानले आफ्नो बचाउमा कारखानाबाट फर्किन ढिलो हुँदा म:म नपाएकाे र कहिलेकाहिँ हतारमा गल्ती हुने स्विकारेका छन्। यसकासाथै उनले अबबाट जे जस्ताे अवस्थामा पनि हरेक दिन म:म लिएर नै घर आउने समेत वाचा गरेका छन् । उक्त सर्त स्वीकारेपछि नै दुई परिवारबीच सम्झौता भएकाे थियाे र अन्ततः ती महिला श्रीमानसँग बस्न मानेकी थिइन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।