नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

Mar 03, 2024 03:07 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक ११.७८ अंक घटेर १९६०.३० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.९२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २ अर्ब ५९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ४५ हजार ४४२ पटकको कारोबारमा २ अर्ब ८ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.७० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य ८.४५ प्रतिशत बढेको छ भने सिवाईसी लघुवित्तको शेयरमूल्य ७.८० प्रतिशत बढेको छ। पछिल्ला कारोबार दिनहरुमा निरन्तरजसो सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य भने यस दिन ५.६९ प्रतिशत बढेको छ। यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.४९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ८ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।