पोर्न स्टार सोफिया लियोनीको रहस्यमय निधन, कति सम्पत्ति छाेडेर गइन् ?

Mar 10, 2024 08:30 PM Merolagani

पोर्न स्टार सोफिया लियोनीको अमेरिकाको न्यू मेक्सिमा निधन भएको छ । न्यूयोर्क पोस्टका अनुसार सोफियाको अपार्टमेन्टबाट उनको शव भेटिएको थियो। तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको हत्या भएको आशंका गरिएकाे छ ।

२६ वर्षीय सोफियाका सौतेनी बुबा माइक रोमेरोले गो फन्ड मी वेबसाइटमा आफ्नी छोरीको मृत्युको बारेमा जानकारी दिएका थिए। उनले सोफियाको अन्त्येष्टिका लागि वेबसाइटमा ५ लाख रुपैयाँ संकलन गरिसकेका छन् । संचारमाध्यमका अनुसार सोफियाको मृत्युको चोरी र हत्याको आशंकामा अनुसन्धान भइरहेको छ ।

सोफियाकाे सम्पत्ति कति ?

सोफियाको गो फन्ड मी पृष्ठमा लेखिएको थियो, 'सोफियाको आकस्मिक मृत्युले उनको परिवार र साथीहरूलाई स्तब्ध बनाएको छ। उनी परिवार र साथीहरूका लागि धेरै माया गर्ने छोरी, बहिनी, नातिनी र साथी थिइन्। उनलाई घुम्न मन लाग्थ्यो । उनले आफ्नो वरपरका मानिसहरूलाई सधैं खुसी राखिन्। सोफियासँग ३ वटा घरपालुवा जनावर पनि थिए र उनी जनावरहरूलाई असाध्यै माया गर्थिन्।"

सोफियाको जन्म १० जुन १९९७ मा अमेरिकाको मियामीमा भएको थियो । आईएमडीबी पेजका अनुसार उनले सन् २०१४ मा १८ वर्षको उमेरमा पोर्न उद्योगमा प्रवेश गरेकी थिइन् ।

उनको नेटवर्थ एक मिलियन डलर देखि पाँच मिलियन डलर बीचमा थियो । सामाजिक संजालबाट नै उनले १० हजार डलर देखि ५० हजार डलरसम्म कमाउने गर्थिन् । उनकाे कुल सम्पत्ति करिब ९ कराेड ९९ लाख ३६ हजार डलर बराबर रहेकाे छ ।

८० फिल्ममा काम गरिसकेकी साेफिया

सोफिया १०१ वटा मोडलिङ कम्पनीसँग आबद्ध थिइन् । सोफियाको मृत्युको खबर कम्पनीले पनि पुष्टि गरिसकेको छ । उनले हालसम्म करिब ८० फिल्ममा काम गरिसकेकी छिन् । 

एजेन्सी ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।