सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

Mar 26, 2024 03:15 PM Merolagani

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक १०.१४ अंक बढेर २०४१.७० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४९ हजार ५१२ पटकको कारोबारमा २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन दोल्टी पावर कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन विन नेपाल लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको धौलागिरी लघुवित्तको शेयरमूल्य भने यस दिन सर्वाधिक ९.३५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको साढे ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम ८ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। यस दिन वित्त, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।