दुर्गा प्रसाईको कलेज सम्बन्धी सर्वोच्चको फैसलाले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गरेको र अब अराजकता बढ्ने डा. गोविन्द केसीको चेतावनी

Mar 26, 2024 03:34 PM Merolagani

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले दुर्गा प्रसाईंको बी एण्ड सी  मेडिकल कलेजबारे सर्वोच्च अदालतको फैसलाले  चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गरेको भन्दै अब थप अराजकता बढ्न सक्ने आशंका व्यक्त गरेका गरेका छन् ।

केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा उक्त फैसलाले चिकित्सा शिक्षा आयोगलाई निस्तेज तुल्यायो भने मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्ने र  आम नागरिकको स्वास्थ्यमा थप खेलबाड हुने दावी गरेका छन् । साथै यही संदिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा त्यो आफूहरुलाई स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।


स्मरणरहाेस सोमबार सर्वोच्चका न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईंले आफ्नो बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश माग गर्दै दिएको रिट निवेदनमा रिट जारी हुने आदेश दिएको छ ।

देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु सबैको कर्तव्य हुने भन्दै डा.केसीले कसैको निहित स्वार्थमा कानुन प्रतिकुल फैसला आए न्यायिक अराजकता सिर्जना हुन सक्ने बताएका छन् । र न्यायालयले आफैं त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन।  त्यसैले ऐनप्रतिकुल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट) मा जानुको विकल्प नरहेको केसीको भनाइ छ ।

साथै उनले संदिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लङ्घन गर्ने काम गरेमा स्वीकार्य नहुने तर ऐन अनुसारको सबै मापदण्ड र प्रक्रिया पुर्याएर गरिने कुनै पनि काममा आफूहरुलाई कुनै आपत्ति नहुने बताएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।