पूँजीबजारकाे खेलाडी 'हाथवे' काे शेयर बजारमा मात्रै २ अर्ब ४ करोड लगानी, सर्वोत्तम र चन्द्रागिरीमा २ कराेड ६० लाख भन्दा बढी, अरु कुन कुन कम्पनीमा लगानी?

Mar 28, 2024 06:00 AM MeroLagani

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले आव २०७९/८० मा घरजग्गा र शेयर बजारमा गरेर २ अर्ब २२ करोड ८६ लाख रुपैयाँ लगानी गरेकाे छ । कम्पनीको पन्ध्रौ वार्षिक प्रतिवेदन अनुसार घरजग्गा र शेयर बजारमा गरेर सो लगानी रहेको उल्लेख छ । कम्पनीले शेयर बजारमा मात्रै २ अर्ब ४ करोड रुपैयाँ भन्दा बढी लगानी गरेकाे छ।

आव २०७९/८० को साधारण सभा प्रस्तुत प्रतिवेदन अनुसार कम्पनीले घरजग्गामा १८ करोड ३२ लाख ४५ हजार रुपैयाँ लगानी गरेकाे छ जुन अघिल्लो आव भन्दा ५ दशमलब ७५ प्रतिशतले बढी हो । कम्पनीले आय व्ययमा समावेश गरिएको धितोपत्रमा लगानी र अन्य कम्प्रिहेन्सिभ आय व्यय (व्ययमा समावेश गरिएको धितोपत्र लगानी) गरेर दुई समूहमा विभाजन गरेर लगानीको विवरण प्रस्तुत गरेकाे छ । वार्षिक प्रतिवेदन अनुसार आय व्ययमा समावेश गरिएको शेयर लगानी ३८ करोड ५६ लाख रुपैयाँ छ । जसमा सूचीकृत कम्पनीको साधारण शेयरमा ४ करोड ७७ लाख ७९ हजार रुपैयाँ छ भने सूचीकृत नभएको कम्पनीको संस्थापक शेयरमा ३३ करोड ७८ लाख २८ हजार रुपैयाँ छ । त्यसैगरी अन्य कम्प्रिहेन्सिभ आय व्यय (व्ययमा समावेश गरिएको धितोपत्र लगानी) अन्तर्गत १ अर्ब ६५ करोड ९७ लाख ६५ हजार रुपैयाँ लगानी भएको छ । यो अन्तर्गत सूचीकृत कम्पनीको संस्थापक शेयरमा ८५ करोड ४१ लाख २१ हजार रुपैयाँ लगानी छ भने सूचीकृत नभएको कम्पनीको संस्थापक शेयर लगानी अन्तर्गत ८० करोड ५६ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

हाथवेले आय व्ययमा समावेश गरिएको संस्थापक शेयरमा लगानी शीर्षकमा चन्द्रागिरी हिल्स, डिस मिडिया नेटवर्क, लुम्बिनी केवलकार, नेपाल वेयर हाउजिङ कम्पनी, सानिमा मिडल तमोर हाइड्रोपावर, हाइ लाइफ एग्रो एन्ड फुड्स इन्डष्ट्रिज, सर्वोत्तम सिमेन्ट, मिड सोलु हाइड्रोपावरमा लगानी गरेकाे छ । यी कम्पनीहरुमध्ये अहिले चन्द्रागिरी हिल्स, नेपाल वेयरहाउजिङ कम्पनी, सानिमा मिडल तमोर हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र मिड सोलु हाइड्रोपावर नेप्सेमा सूचीकृत कम्पनीहरु हुन । हाथवेले चन्द्रागिरी हिल्समा १३ करोड ८२ लाख ४० हजार रुपैयाँ, नेपाल वेयर हाउजिङमा कम्पनीमा १ करोड ५० लाख रुपैयाँ, सानिमा मिडल तमोर हाइड्रोपावरमा १ करोड ११ लाख ८ हजार रुपैयाँ, सर्वोत्तम सिमेन्टमा २ अर्ब ५० करोड रुपैयाँ र मिड सोलु हाइड्रोपावरमा १ करोड रुपैयाँ लगानी गरेको छ ।

हाथवेले सूचीकृत नभएको कम्पनीको संस्थापक शेयरमा लगानी भनेर प्रतिवेदनमा उल्लेख गरे पनि अहिले सिटिजन लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गरेर नेप्सेमा समेत सूचीकृत भइसकेका छन् । वार्षिक प्रतिवेदन अनुसार हाथवेले सिटिजन लाइफ इन्स्योरेन्समा २ करोड २५ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्समा ४ करोड ९६ लाख ४४ हजार रुपैयाँ र हाथवे स्टक डिलरमा ७३ करोड ३५ लाख रुपैयाँ लगानी गरेका छन् । यी तीन वटा कम्पनीमा गरेको लगानी अघिल्लो आव भन्दा ६६ दशमलब १५ प्रतिशतले बढी हो ।

हाथवे इन्भेष्टमेन्टको प्रतिवेदन अनुसार अन्य कम्प्रिहेन्सिभ आय व्ययमा समावेश गरिएको सूचीकृत कम्पनीहरुको लगानी अन्तर्गत नेपाल पूर्वाधार बैंक, आईएमई जनरल इन्स्योरेन्स, पोखरा फाइनान्स, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, मञ्जुश्री फाइनान्स, ग्रामीण विकास लघुवित्त, ज्योति विकास बैंक, प्रभु बैंक, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी रहेका छन् । हाथवे इन्भेष्टमेन्टले सबैभन्दा बढी नेपाल पुनबीमाृ कम्पनीमा ३५ करोड ३ लाख ३६ हजार रुपैयाँ लगानी गरेका छन् भने आइएमई जनरल इन्स्योरेन्समा १७ करोड १ लाख ८४ हजार रुपैयाँ र पोखरा फाइनान्समा १२ करोड ९२ लाख ७२ हजार रुपैयाँ लगानी गरेकाे छ ।

त्यसैगरी नेपाल पूर्वाधार बैंकमा १ करोड २५ लाख, ग्लोबल आईएमई बैंकमा ३ करोड ५८ लाख रुपैयाँ, सिद्धार्थ बैंकमा २ करोड ८५ लाख ७४ हजार रुपैयाँ, कामना सेवा विकास बैंकमा ४ करोेड ७३ लाख ४३ हजार रुपैयाँ लगानी रहेकाे छ । मञ्जुश्री फाइनान्समा २ करोड ११ लाख ५१ हजार रुपैयाँ, ग्रामीण विकास बैंकमा ९६ लाख ५३ हजार रुपैयाँ, ज्योति विकास बैंकमा १७ लाख ११ हजार रुपैयाँ लगानी गरेका छन् । सेञ्चुरी बैंक प्रभु बैंकमा विलय भएपछि र अजोड इन्स्योरेन्स युनाइटेड अजोड इन्स्योरेन्सको रुपमा एकीकृत कारोबार भएपछि हाथवेले प्रभु बैंकमा २ करोड ४५ लाख ६६ हजार रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्समा १ करोड ४० लाख २६ हजार रुपैयाँ लगानी पुर्याएकाे छ । अघिल्लो वर्ष प्रभु बैंकमा हाथवेको लगानी थिएन ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।