शेयर बजारमा निरन्तर गिरावट,पाँच दिनमा ६३ अंक घट्यो नेप्से

Apr 18, 2024 03:26 PM Merolagani

शेयर बजारमा निरन्तर गिरावट देखिन थालेको छ। पछिल्लो पाँचदिनमा नेप्से सूचक ६३.८७ अंकले घटिसकेको छ।

यो साता चारवटै कारोबार दिन नेप्से सूचक नकारात्मक देखिएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से सूचक १९.५६ अंकले घटेर १९७२.१४ विन्दुमा झरेका छ।

यता कारोबार रकम पनि घट्दै गएको छ। बिहीबार कुल २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँ बराबरको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर कारोबार भएको छ।

बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.७२ प्रतिशतले घटेको छ भने विकास बैंक उपसमूहको सूचक पनि १.४६ प्रतिशतले घटेको छ।

यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.९४ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको ६.२१ प्रतिशत र मध्ये भोटेकोशी हाइड्रोपावरको ५.७० प्रतिशतले बढेको छ। यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सको ९.३९ प्रतिशत र सिवाइसिएल लघुवित्तको ६.१२ प्रतिशतले घटेको छ।

बिहीबार गोर्खाज फाइनान्सको सबैभन्दा धेरै १७ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सुर्य ज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख रुपैयाँ र पोखरा फाइनान्सको ७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।