सर्वाधिक नाफा कमाउने बैंकहरुमा ग्लोबल आइएमई बैंक दोस्रो, वित्तीय अवस्था कस्तो?

Apr 19, 2024 09:31 AM Merolagani

रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउने दोस्रो बैंक, ग्लोबल आइएमई बैंक (GBIME) रहेको छ। यस बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

यद्यपि बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.५९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १३.७४ प्रतिशत बढेको छ।

बैंकको निष्क्रिय कर्जा ३.९६ प्रतिशतबाट बढेर ४.७४ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ५ अर्ब २६ करोड पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा दुबै घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ८८ पैसा घटेर १२ रुपैयाँ २० पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९२ पैसा रहेको छ।

३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २२ अर्ब रुपैयाँ सञ्चित छ। बैंकले चैत मसान्तसम्ममा ४ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।