चिरख्वा हाइड्रोपावरको खुद नाफा ऋणात्मक

Apr 25, 2024 08:42 AM Merolagani

चिरख्वा हाइड्रोपावर लिमिटेड (CKHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा सो अवधिसम्ममा ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ८ लाख ७९ हजार रुपैयाँ नोक्सानी व्यवहोरेको छ। कम्पनीको अहिलेसम्म विद्युत बिक्री आम्दानी नभएका कारण नोक्सानीमा रहेको हो।

४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३९ लाख ८८ हजार रुपैयाँ ऋणात्मक रहेको छ। त्यसैगरी, चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ रहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।