विद्युत बिक्री आम्दानीसँगै बढ्यो ग्रीन भेन्चर्सको नाफा

Jun 13, 2023 11:11 AM Merolagani

ग्रीन भेन्चर्स लिमिटेड (GVL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा विद्युत बिक्रीमार्फत ६० करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब २१ करोड ९८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६ करोड ७८ लाख रुपैयाँबाट बढेर ३० करोड १६ लाख रुपैयाँ पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा ७६ करोड ४४ लाख रुपैयाँ रहेको छ।

३ अर्ब १२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २० करोड ८० लाख रुपैयाँ रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ६६ पैसा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।