राधी विद्युत कम्पनीको नाफालाई वित्तीय आम्दानीको टेवा

May 14, 2023 09:42 AM Merolagani

राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८३.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ४ करोड ७१ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी घटेपनि वित्तीय आम्दानी र अन्य आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १० करोड ९३ लाख रुपैयाँ थियो।

कम्पनीको लगानी रहेको युनिमर्सल पावर कम्पनीबाट प्रवद्र्धित ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना, दोर्दी खोला जलविद्युत कम्पनीबाट प्रबद्र्धित १२ मेगावाटको दोर्दी १ जलविद्यूत आयोजना र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनबाट प्रबद्र्धित ५ मेगावाटको रुकुम गाड जलविद्युत आयोजनाबाट विद्युतको व्यापारिक उत्पादन गर्दै नेपाल विद्युत प्राधिकरणलाई बिकी गर्दै आइरहेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १.०७ प्रतिशत बढेको छ भने अन्य आम्दानी ४८.४८ प्रतिशत बढेको छ। कम्पनीले कसुवा खोला हाइड्रोपावरमा शेयर लगानीका लागि हकप्रद जारी गरी प्राप्त भएको रकम सो कम्पनीले हालसम्म माग नगरेकोले उक्त रकम मुद्दती निक्षेपमा अल्पकालका लागि लगानी गरिएको छ। जसका कारण कम्पनीको वित्तीय आम्दानी २२ लाख रुपैयाँबाट बढेर ४ करोड ७७ लाख रुपैयाँ पुगेको छ। जसका कारण नाफा बढ्न पुगेको हो।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ८४ पैसा घटेर ६ रुपैयाँ ८७ पैसामा झरेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.२६ गुणा रहेको छ।

१ अर्ब ६७ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३३ करोड ६८ लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।