लघुवित्तको साधारण शेयर आउने क्रम तीब्र, मिर्मिरे लगत्तै आईएलएफसीओ माईक्रोफाईनान्सको चार लाख कित्ता निश्काशन

Mar 24, 2015 Merolagani



 

लघुवित्त बिकास बैंकहरुको साधारण शेयर निश्काशन हुने क्रम बढिरहेको बेला मिर्मिरे लघुवित्त लगत्तै आईएलएफसिओ माईक्रोफाइनान्सको शेयर निश्काशनका लागि आब्हान पत्र जारी गरिएको छ ।

मिर्मिरे लघुवित्तको ६० हजार कित्ताका लागि आबेदन बन्द भएको भोलिपल्टै आईएलएफसिओ माईक्रो फाईनान्सको चार लाख कित्ताको लागि आब्हान पत्र जारी भएको छ ।


आईएलएफसिओले चैत्र १७ गतेदेखि सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको हो । आईएलएफसिओले निश्काशन गर्ने चार लाख कित्ता मध्ये सामुहिक लगानी कोषका लागि २० हजार र कर्मचारीका लागि आठ हजार कित्ता छाडी बांकी शेयरमा सर्वसाधारणले २० कित्ता देखि एक हजार कित्तासम्मको दरले आबेदन गर्न पाउने छन् । सिभिल क्यापिटल निश्काशन तथा बिक्री प्रबन्धक रहेको सो कम्पनीको शेयरमा आबेदन गर्न सिभिल क्यापिटल, आईएलएफसी फाईनान्सका शाखा कार्यालयहरु, बागमति डेभ्लपमेन्ट बैंक सर्लाही र जनता बैंकको धनगढी शाखामा चैत्र २० गतेसम्म आबेदन बुझाउन सकिने जनाईएको छ ।


यस माइृक्रोफाईनान्सलाई ईन्टरनेशनल लिजिङ एण्ड फाईनान्स कम्पनीले प्रबद्र्दन गरेको होे । यसको चुक्ता पूँजी छ करोड रहेकोमा सर्वसाधारणको हिस्साको शेयर निश्काशन हुन लागेको हो । कम्पनी गत असार मसान्तसम्म ३७ लाख रुपैयाँले नाफामा रहेको छ ।


किन बढ्यो आकर्षण ?


पछिल्लो समयमा लघुवित्त कम्पनीहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । नेपाल स्टक एक्सचेन्जको कारोबारमा लघुवित्त बिकास बैंकहरुको शेयर मूल्य आकाशिएको अबस्था छ भने प्राथमिक शेयर निश्काशनमा पनि लगानीकर्ताहरुको उत्तिकै धेरै ओईरो लाग्ने गरेको छ । केही समय अघि जनउत्थान लघुवित्तले निश्काशन गरेको ९० हजार कित्ता शेयरको लागि तीन सय ५५ गुणा बढी आबेदन परेको थियो । एक सय रुपैयाँमा आबेदन गर्दा पाईने माईक्रो फाईनान्सको शेयर दोस्रो बजारमा कम्तिमा सात सय रुपैयाँमा सजिलै बिक्री हुने अबस्था रहेकाले लगानीकर्ताहरु माईक्रोफाईनान्सको शेयरमा लगानी गर्न झुम्मिने गरेका देखिएको छ ।

click here to enlarge image

यो पनि हेर्नुहोस्

बरुण हाईड्रो र जनउत्थान लघुवित्तको शेयर पाउनु भाग्योदय चिठ्ठा जस्तै हुने

 

 

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।