सोमबार बजार खुल्ने वित्तिकै उकालो लागेको नेप्से करिब एक घण्टामा २३ अंक भन्दा बढिले उक्लेको थियो । बजार बन्द हुने समयमा नेप्से १७.९५ अंकले बढेर १०८१.३६ अंकमा पुगेको छ ।

नेप्सेमा १२९ कम्पनीको ४ हजार ३ सय ४१ कारोबारबाट ११ लाख ४५ हजार ७ सय १६ कित्ताशेयर ७३ करोड २३ लाख २१ ह्जार रुपैयाँ बराबरमा किनबेच भएका छन । सोमबारको कारोबारमा फाइनान्स , वाणिज्य बैंक तथा विकास समूहको परिसूचक उच्च अंकले बढेको छ । त्यस्तै होटल ,जलविद्यूत र वित्त समूहको परिसूचक नकरात्मक रहेका छन । सोमबार बीमा समूहको सूचक सबैभन्दा धेरैले बढेको छ । बीमाको सूचक ६७ अंकले बढेको दिन वाणिज्य बैंक समूहको सूचक २७ अंकले र विकास बैंक समूहको सूचक १० अंकले बढेको छ ।
सोमबारको कारोबारमा एनआइसी एशिया बैंकको सबैभन्दा बढि ४ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एभरेष्ट्र बैंकले पनि ४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । माछापुच्छ्रे , एसबिआई , एनबीबी , सानिमा , नबिल बैंक प्रोमोटर, इन्भेष्ट्रमेन्ट बैंक प्रोमोटर तथा चिलमे जलविद्युत कम्पनीको पनि ३ करोड रुपैयाँ बढिको कारोबार भएको छ ।

यसदिन छिमेक लद्युवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन भने श्री इन्भेष्ट्रमेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढि गुमाएका छन । यस्तै नेरुडे लघुवित्त, फ्रस्ट माइक्रोफाइनान्स तथा स्टाण्डर्ड चाटर्ड बैंकका लगानीकर्ता पनि धेरै कमाउनेकै सूचीमा रहे । यती डेभलपमेन्ट बैंक तथा सुभेच्छा विकास बैंकका लगानीकर्ताले गुमाएका छन ।
सोमबारको कारोबारमा पनि लगानीकर्ताको पहिलो रोजाई वाणिज्य बैंक नै देखिएको छ । त्यसपछि बीमा , वीकास बैक र जलविद्यूतमा लगानीकर्ता झुम्मीएका छन । विश्लेषकहरुले यसै साताभित्र नै नेप्से ११०० अंकको हाराहारीमा पूग्ने आकलन गरेका छन । राष्ट्र बैंकले वित्तीय संस्थाको पुँजी चार गुणाले बढाउने नीति लिएपछि तात्न थालेको बजारलाई राजनीतिक घटानक्रममा आएको सुधारले थप बल पुगेको छ ।
यो पनि पढ्नुहोस ।
मौद्रिक नीतिले चम्किएको बैकिङ समुहको शेयर मूल्य अब कता जाला ? जीवन श्रेष्ठकाे प्राविधिक विष्लेषण
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।