फक्रदै गुराँस लाईफ, नाफा बढायो , बोनश कति ?

Aug 21, 2015 Mero Lagani

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी (GLICL) को गत आर्थिक बर्षमा झण्डै सात प्रतिशत नाफा बढेको छ । कम्पनीले लेखापरिक्षण नगरि प्रकाशीत गरेको गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार खुद नाफा बढेर १ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो बर्ष कम्पनीले १ करोड ६० लाख कमाएको थियो । एकबर्षको अवधिमा कम्पनीको नाफा करिब ११ लाख रुपैयाँले बढेको छ ।

कम्पनीले वीमाशुल्क बाट मात्रै ६७ करोड ७८ लाख खुद आम्दानी गरेको छ । अघिल्लो बर्ष कम्पनीले ४७ करोड ३४ लाख वीमाशुल्क बाट खुद आम्दानी गरेको थियो । एक बर्षमा कम्पनीको वीमाशुल्क बापतको आम्दानी २० करोड ४४ लाख रुपैयाँले बढेको छ । यस अवधिमा ३ करोड ३० लाख रुपैयाँ बराबरको दाबी भुत्तानी गरेको छ ।

कम्पनीको चुत्तापूँजी ५० करोड रुपैयाँ रहेको छ भने जगेडाकोषमा १६ करोड ५४ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा जगेडाकोषमा १ करोड ७२ लाख करोड थपिएको छ । साथै कम्पनीले गत आर्थिक बर्षसम्म करिब २५ हजार पोलिसी होल्डर थपेर झण्डै एक लाख पुर्याएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैया ४४ पैसा, प्रतिशेयर आम्दानी अनुपात १६९.३१ प्रतिशत , प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९ पैसा रहेको छ । गत आर्थिक बर्षको चौथौ त्रैमासिक अवधिभरमा कम्पनीको शेयर अधिकत्म ६०४ रुपैयाँदेखि न्यूनतम ४४२ रुपैयाँ सम्ममा कारोबार भएको थियो ।

 

 

............................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।