वाणिज्य बैंकले बितरण गरेको डेढ अर्ब बढीको लाभांस यसरी थन्कियो बैंकमा, कुन बैंकमा कति रकम भयो जम्मा ?

Jan 23, 2016 Mero Lagani

सामान्यतया शेयरमा लगानी गरेका मानिसले त्यसको प्रतिफल लिएर त्यसलाई बढाउने वा अन्यत्र कतै खर्च गर्ने गर्दछन् । तर पछिल्लो समय नेपालका शेयरधनीहरुले वाणिज्य बैंकहरुले बितरण गरेको डेढ अर्ब बढीको लाभांस संकलन गरेका छैनन् भन्दा पत्यारर नलाग्न सक्छ । नगद लाभांस लिने प्रकृयामा हुने प्रकृया लामो हुनु, शेयरधनी काठमाण्डौंमा नहुनु लगायत कारण बैंकहरुमा बितरण गरिएको तर शेयरधनीले नलिएको लाभांसको डेढ अर्ब रुपैंया भन्दा बढी रकम जम्मा भएको छ ।

बोनस शेयर बितरण गर्ने क्रममा बैंकहरुले दिने नगद लाभांस थोरै रकमको हुने भएकाले पनि कतिपय शेयरधनीहरुले आफैंले कर तिरेर बोनस शेयर लिने गरेका छन् । त्यसमा पनि पछिल्लो समय चेक क्लियरिंगमा एमआइसीआर चेक अनिवार्य भए पछि केही बैंकहरुले नन् एमआइसीआर चेकमा लाभांस दिंदा सोही बैंकमा खाता खोल्नु पर्ने झण्झटले पनि बैंकहरुमा लाभांसको रकम थुप्रिएको हो ।

गत आर्थिक वर्षसम्ममा २६ वटा वाणिज्य बैंकहरुले बितरण गरेको १ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैंया बराबरको लाभांस शेयरधनीले लिएका छैनन् । यो वर्षौंदेखिको नलिएको लाभांसको तथ्यांक हो । बाणिज्य बैंकहरुले प्रत्येक वर्ष घोषणा गरे पनि शेयरधनीले जानकारीको अभावमा अनि विभिन्न कारणले यो रकम संकलन नगरेका हुन् । साना लगानीकर्ताहरुले प्राथमिक शेयरमा आवेदन दिए पछि त्यस पछिका वर्षहरुमा बैंकले दिने बोनस तथा लाभांसका बारेमा थाहा नपाएका कारण लाभांस कै अनुपातमा बोनस शेयरको प्रमाणपत्र पनि संकलन नभएको हुन सक्ने विज्ञहरु बताउँछन् ।

यसका साथै भौगोलिक रुपमा राजधानीबाट टाढा भएका शेयरधनीहरुले थोरै रकमको लाभांस लिन राजधानी आउनु पर्ने बाध्यताले पनि लगानीकर्ताले लाभांसको रकम लिन पाएका छैनन् । जसका कारण लगानीकर्ताले पाएको लाभांस पनि बैंकमा नै जम्मा भएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्मा नबिल बैंकमा सबै भन्दा धेरै ५३ करोड ४८ लाख रुपैंया बराबरको लाभांस रकम जम्मा भएर बसेको छ । लाभांसको सबै भन्दा कम रकम जम्मा हुने बैंक माछापुछ«े बैंकमा मात्र ८ लाख ८८ हजार रुपैंया जम्मा भएको छ ।

शेयरधनीहरुको बैंक खातामा सिधै लाभांसको रकम जम्मा गर्ने प्रणालीको अभावमा पनि ठुलो रकम बैंकहरु आफैंले जम्मा गरेर राख्नु परेको हो । बजार अटोमेशन तर्फ लम्किरहेका बेला आगामी दिनमा भने कसरी लाभांस तथा बोनस शेयर सहज रुपमा संकलन गर्ने भन्ने विषयमा बल्ल बहस सुरु भएको छ । यसलाई अहिलेको डिम्याट प्रणालीले पनि केही हदसम्म सहज बनाउने अपेक्षा शेयरधनीले गरेका छन् ।

सरकारको समेत लगानी रहेको कृषि विकास बैंकले गत आर्थिक वर्षबाट बोनस शेयर दिन थाले पनि त्य अघिका वर्षहरुको अनि गत आर्थिक वर्षको गरि २६ करोड ६ लाख रुपैंया लाभांसको रकम बैंक मै थन्किएको छ ।

शेयरधनीहरुले ५ बर्षसम्म आफूले पाएको प्रतिफल नलिए त्यस्तो रकम सोही कम्पनीले शेयरधनी कल्याणकारी कोषमा पठाउने र त्यस्तो रकमले पूँजी बजारको विकासमा सघाउने सम्बन्धमा छलफल भए पनि त्यसले मुर्त रुप नपाएका कारण पनि लगानीकर्ताले आफ्नो लाभांस संकलनलाई महत्व नदिएका हुन् ।

पछिल्लो समय शेयरधनीले अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने र उसले प्राप्त गर्ने लाभांस सम्बन्धित कम्पनीले बैंक खातामा जम्मा गरिदिनु पर्ने व्यवस्थाका सम्बन्धमा छलफल भैरहेका छन् । यदि यस्तो व्यवस्था भयो भने डिम्याट खातामा बोनस शेयर जम्मा भए जस्तै गरि लाभांसको रकम पनि शेयरधनीको बैंक खातामा सिधै जम्मा हुँदा बैंकहरुमा यस्तो शिर्षकको रकम अलपत्र अवस्थामा बस्ने थिएन ।

कुन बैंकमा लाभांसको कति रकम जम्मा भयो ?

...................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।