हकप्रद शेयर निष्काशनका लागि सानिमाले छान्यो शेयर रजिष्ट्रार, कहिले होला निष्काशन ?

Jan 11, 2016 Mero Lagani



सानिमा बैंक (SANIMA) ले यसैबर्षभित्र ५० प्रतिशत हकप्रदशेयर निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकको ११ औं वार्षिक साधारण सभाले पारित गरेबमोजीमको हकप्रद शेयर निष्काशनको तयारी थालेको छ । बैंकले हकप्रदशेयर जारी गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकले २०७४ साल आषाढ मसान्त सम्ममा बाणिज्य बैंकहरुले चुक्ता पूँजी बृद्धि गरि ८ अर्ब पु¥याउन निर्देशन दिएकोमा बैंकले वोनश शेयर तथा हकप्रद शेयर जारी गरि पूजी वृद्धि गर्ने योजना बनाएको छ । नेपाल राष्ट्र बंैकमा सानिमाले पेश गरेको योजना अनुसार आफनो कुल जारी पुँजीको ५० प्रतिशतले हुन जाने एक अर्ब ५३ करोड १४ लाख ४ हजार रुपैयाँ बराबरको वरावरको १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रदशेयर जारी गर्र्ने भएको हो ।

जसका लागि बैंकले नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । सो सम्वन्धी सम्झौता पत्रमा सानिमा बैंकका तर्फवाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली बीच हस्ताक्षर सम्पन्न् भएको छ ।

गतबर्ष ६२ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पनि साधारणसभाबाट पारित गरिसकेको छ । बोनश शेयर पश्चात बैकको चुक्तापूँजी वृद्धि भई ३ अर्ब ६ करोड रुपैयाँ हुनेछ ।

बोनस सेयर वितरणपश्चात कायम चुक्तबापूँजीको १० बराबर ५ अनुपातमा (५० प्रतिशत) हकप्रद सेयर निश्काशन गरेपछि बैकको चुक्ता पूँजी चार अर्ब ५९ करोड नाघ्ने छ ।
बैंकले बोनस शेयर र हकप्रद शेयरबाटै आगामी २ वर्षमा ८ अर्ब रुपैंया चुक्तबापूँजी पुर्याउने योजना राष्ट्र बैकमा बुझाएको छ ।

  कहिले होला निष्काशन ?

शेयर निष्कान सम्झौता भएको एकसातामा नेपाल धितोपत्रबोर्डमा बैंकले औपचारिक रुपमा हकप्रदका लागि आवेदन दिनुपर्छ । बैंकले अहिलेसम्म यसका लागि आवेदन दिएको छैन् । बैंकले यसै साता आवदेन दिएमा आवेदन दिएको अढाई महिनामा सबै प्रक्रिया पुरा गरेर स्वीकृति पाउनेछ । त्यसपछि हकप्रद शेयर निष्काशनको सूचना प्रकाशित गरेको अठार दिनपछि शेयर जारी गर्नेछ । यो आधारमा हेर्दा सानिमाको हकप्रद आउन चैत्रको अन्तिम सातादेखि वैशाखको पहिलो सातासम्म कुर्नुपर्ने देखिन्छ ।

गैर आबासीय नेपालीहरुको मुख्य लगानी रहेको सानिमा बाणिज्य बैंक मध्येमा सबैभन्दा कम निस्क्रिय कर्जा रहेको बाणिज्य बैंक हो । फाईनान्स कम्पनीबाट सुरु भएको सानिमा आफै बाणिज्य बैंकमा रुपान्तरित भएर चुक्ता पूँजी आठ अर्ब पुर्याउने दिशामा अगाडि बढेको छ । बैंकले आफैले चुक्ता पूँजी आठअर्ब पुरयाउने योजना राष्ट्र बैंकमा पेश गरेको छ ।

सानिमाको शेयरमा किन गर्ने लगानी ? ( कम्पनी विश्लेष्ण )

बोनस र हकप्रदबाटै ८ अर्ब चुक्ता पूँजी पुर्याउने यस्तो छ सानिमा बैंकको योजना (आधिकारिक बिबरण सहित)

 

.....................................................................................................................................................................

तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।