हाम्रो विकास बैंक र कञ्चन डेभलपमेण्ट बैंकले दोस्रो त्रैमासमा कति नाफा कमाए ?

Jan 29, 2016 Mero Lagani

हाम्रो विकास बैंक(HAMRO)  र कञ्चन विकास बैंक (KADBL) ले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यस पटक खुद नाफामा फराकिलो अन्तरले सुधार गरेका छन् । दुवै बैंकले प्रकाशित गरेको अपरिष्किृ वित्तीय विबरण अनुसार खुद नाफामा राम्रो सुधार भएको हो ।

हाम्रो विकास बैंकले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा १ करोड ३० लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५७ लाख ४२ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

उता कञ्चन डेभलपमेण्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ३१ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको दास्रो त्रैमासमा बैंकले १ करोड ७९ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा हाम्रो विकास बैंकले निक्षेप संकलन ५६ करोड ७८ लाख रुपैंयाबाट बढाएर ८५ करोड ८१ लाख रुपैंया पुर्याएको छ । कञ्चन डेभलपमेण्ट बैंकले पनि समिक्षा अवधिमा निक्षेप संकलन १ अर्ब १९ करोड रुपैंयाबाट बढाएर १ अर्ब ६३ करोड रुपैंया पुर्याएको छ ।

समिक्षा अवधिमा हाम्रो विकास बैंकले कर्जा प्रवाह ४८ करोड ३५ लाख रुपैंयाबाट बढाएर ६७ करोड १६ लाख रुपैंया पुर्याएको छ । उता कञ्चन डेभलपमेण्ट बैंकले पनि उक्त अवधिमा कर्जा प्रवाह १ अर्ब ३ करोड २० लाख रुपैंयाबाट बढाएर १ अर्ब ३३ करोड २६ लाख रुपैंया पुर्याएको छ ।

कर्जा र निक्षपको मात्रा बढाए पछि हाम्रो विकास बैंकको खुद व्याज आम्दानी १ करोड ३७ लाख रुपैंयाबाट बढेर २ करोड ४८ लाख रुपैंया पुगेको छ भने कञ्चन डेभलपमेण्ट बैंकको खुद व्याज आम्दानी ३ करोड २३ लाख रुपैंयाबाट बढेर ४ करोड ४१ लाख रुपैंया पुगेको छ ।

कञ्चन डेभलपमेण्ट बैंकको प्रतिशेयर आम्दानी वार्षिक २६ रुपैंया ५८ पैसा रहेको छ । समिक्षा अवधिमा हाम्रो विकास बैंकले निष्कृय कर्जा अनुपात १ दशमलव २८ प्रतिशतबाट घटाएर शुन्य दशमलव ८३ प्रतिशतमा झारेको छ भने कञ्चन डेभलपमेण्ट बैंकको पनि १ दशमव ९९ प्रतिशतबाट १ दशमलव ११ प्रतिशतमा झरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।