मेरो माइक्रोफाइनान्स, छिमेक लघुवित्त र साना किसान बैंकमा कसको प्रगति कस्तो ?

Feb 03, 2016 Mero Lagani

चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा मेरो माइक्रोफाइनान्स, छिमेक लघुवित्त र साना किसान बैंकको नाफामा उल्लेखीय सुधार देखिएको छ । यी तीनै संस्थाले गतआर्थिक बर्षको यसैअवधिको तुलनामा उल्लेखनीय नाफा बढाएका छन् । यी कम्पनीहरुले ४० प्रतिशतदेखि ९९ प्रतिशतसम्म नाफा बढाएका छन् । ब्याज आम्दानीबाट नाफा बढाएका यी कम्पनीहरुको खराबकर्जामा भने घटबढ देखिएको छ ।

मेरो माइक्रोफाइनान्सको नाफा झण्डै दोब्बर बढ्यो

 

मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड (MMBSL) ले गत आर्थिक वर्षको तुलनामा १ करोड ४० लाखले बढी खुद नाफा गरेको छ । गतवर्षको पुस मसान्तसम्ममा १ करोड ५६ लाख खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आफ्नो खुद नाफा २ करोड ९७ लाख रुपैयाँले गरेको छ । जुन गत आर्थिक बर्षको भन्दा झण्डै ९० प्रतिशत बढि हो ।

बैंकको व्याज आम्दानीमा पनि भारी वृद्धि भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले ११ करोड २२ लाख व्याज आम्दानी गरेको छ जुन गर्तवर्षको तुलनामा झण्डै ७ करोड रुपैयाले बढी हुन आउँछ । गतवर्ष सोही अवधिमा बैंकले ४ करोड ६० लाख व्याज आम्दानी गरेको थियो ।

१३ करोड ८८ लाख चुक्ता पुजी भएको बैंकको जगेडामा भने ७ करोड २२ लाख रुपैया रहेको छ ।
बैैकले यो अवधिमा १७ करोड १५ लाख रुपैया निक्षेप संकलन गरी १ अर्व २३ करोड ८६ लाख कर्जा प्रवाह गरेको छ ।

चालु आर्थिक वर्षमा खराब कर्जा अनुपात भने वृद्धि भएको छ । गतवर्ष यो अवधिमा शुन्य प्रतिशतमा खराबकर्जा बढेर ०.७७ प्रतिशत भएको छ ।

गतआर्थिकबर्षको मुनाफाबा १५ प्रतिशत बोनश शेयर वितरण प्रस्ताव गरेको कम्पनीले ६ लाख १२ हजार कित्ता साधारण शेयर निष्काशनको तयारीमा समेत रहेको छ ।


छिमेकी लघुवित्तको नाफा ९९ प्रतिशतले बृद्धि

 

छिमेकी लघुवित्त विकास बैंक लिमिटेड (CBBL) को गत आर्थिक वर्षको तुलनामा खुद नाफामा झण्डै दोब्बर वृद्धि भएको छ । गतवर्षको पुस मसान्तसम्ममा १० करोड ४८ लाख रुपैया खुदा नाफा गरेको बैंकले यो चालु आर्थिक दोस्रो त्रैमासमा खुद नाफा २० करोड ६ लाख रुपैया गरेको छ । बैंकको नाफा ९९.६६ प्रतिशतले बढेको हो ।

यसअवधिमा बैंकले ४९ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गतबर्षको यसै अवधिमा ३० करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

५९ करोड ५७ लाख चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५९ करोड ८२ लाख रहेको छ ।
५ अर्व ६६ करोड ५ लाख निक्षेप संकलन गरेको बैंकको बैंकले यो अवधिमा ८ अर्व ६२ करोड २२ लाख कर्जा प्रवाह गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खराब कर्जा अनुपात ०.४२ प्रतिशत रहेको छ । गतवर्षको यो अनुपात पनि ०.२ प्रतिशत रहेको थियो । जसको प्रतिशेयर आम्लानी ६९.२४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४६.०२ रुपैयाँ तथा मुल्य आम्दानी अनुपात २४.८६ गुणा रहेको छ ।

 

साना किसानको नाफा४० प्रतिशतले बढ्यो

साना किसान विकास बैंक (SKBBL) ले चालु आर्थिक बर्षको पहिलो छ महिनामा १० करोड ३९ लाख नाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको सोही अवधीको भन्दा झण्डै ४० प्रतिशत अर्थात दुई करोड ९६ लाखले बढि हो । बैंकले गत आर्थिक बर्षको सोही अवधीमा जम्मा सात करोड ४२ लाख नाफा कमाएको थियो ।

बैंकले ३४ करोड ब्याज आम्दानी गरेको छ भने १२ करोड ४८ लाख ब्याज खर्च गरेको छ । २८ करोड ८३ लाख चुक्ता पुँजी भएको बैंकको जगेडाकोष्मा ८० करोड ३१ लाख रुपैयाँ रहेको छ ।

साना किसान विकास बैंकको प्रति सेयर आम्दानी ७२.९ रुपैंयाँ रहेको छ भने प्रति सेयर नटवर्थ ३७८७ रुपैंयाँ ७४ पैसा रहेको छ । बैंकको खराब कर्जा ०.०६ प्रतिशतबाट बढेर ०.१२ प्रतिशत पुगेको छ ।

 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ । 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।