बिग्रे भत्केका संस्था प्रभुको शरणमा आए अझै स्वागत् छ : देवि प्रकाश भट्टचन

Feb 12, 2016 Mero Lagani

एकबर्षको मर्जर प्रयासको सफलता पछि प्रभु बैंक (PRVU)  र ग्राण्ड बैंक मर्जर भएर प्रभु बैंकको नाममा एकिकृत कारोबार शुरु गरेका छन् । दुई बैंक मर्ज भएपछि बनेको प्रभु बैंकको चुक्तापूँजी ५ अर्ब २० करोड पुगेको छ भने शाखा सञ्जाल १३६ पुगेको छ । बैंकले ७९ हजार शेयरधनीहरुका साथमा सबैभन्दा ठूलो बैंक बनेको दाबी समेत गरेको छ ।

शुक्रबार एक औपचारिक कार्यक्रमबीच राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिीवी नेपालले दुई बैंकको एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् । सो क्रममा गभर्नर नेपालले नेपालका बैंक तथा वित्तिय संस्थाहरुलाई अन्तराष्ट्रिस्तरमा पुर्याउन राष्ट्र बैंकले मर्जरलाई प्रोसात्हन गरेको बताउदै बैंकहरुलाई ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्न समेत निर्देशन दिए । साथै उनले बैंक संचालकरुमा बैकिङ् संस्कृतिको विकास अपरिहार्य रहेको समेत बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले आठ बर्ष अगाडि प्रभु फाइनान्सबाट सुरु भएको प्रभु बैंक आजसम्म आईपुग्दा आठवटा विभिन्न संस्थाहरु गाभिएर ठुला वाणिज्य बैंकमध्ये एक बैंक बनेको बताए । उनले अन्य संस्थासँग तत्काल मर्जरमा जाने कुनै योजना नभएपनि बिग्रे भत्किएका संस्थाहरु प्रभुको शरणमा आए अझै तिनीहरुलाई समेटेर जान तयार रेहको बताए ।

ग्राण्ड बैंकको तर्फबाट यसअधि परिचालन भएको खराब कर्जामध्ये ४० करोड रुपैयाँ उठाएर प्रभुले खुद नाफा तेस्रो त्रैमाससम्ममा एक अर्ब नघाउने उनले बताए । अहिले दोस्रो त्रैमासमा दुई बैंकले ५५ करोड रुपैयाँ बराबर नाफा कमाएका छन् । साथै उनले अहिले ११ प्रतिशतको हाराहारीमा रहेको बैंकको खराबकर्जा आगामी असोजसम्ममा ५ प्रतिशत भन्दा तल झार्ने बैंकको लक्ष्य रहेको समेत बताए ।

साथै उनले नेपालका बैंक तथा वित्तिय संस्थाहरुलाई विदेशमा शाखा विस्तार गर्ने सहज वातावरण बनाउन राष्ट्र बैंकलाई आग्रह गरे ।

कार्यक्रममा प्रभु बैंकका सिईओ अशोक शेरचनले प्रभु बैंकले नेपालमा उपलब्ध सबै प्रकारका आधुनिक बैंकिङ् सुविधा दिन सक्षम रहेको बताए । मर्जर अहिलेको आवश्यकता हो यो सँगै अवसर र चुनौतिहरु पनि छन् यसलाई प्रभुले आत्मसाथ गर्दे अगाडि बढ्ने बताए ।

ग्राण्ड बैंकका निवर्तमान अध्यक्ष सौरभ गुरुङ मर्जर पश्चात बैंक अझै सबल र सक्षम बनेको बताउदै शेयरधनीको पूँजी सुरक्षित गर्दै प्रतिफल सुनिश्चित गर्ने विश्वास व्यत्त गरे ।

बैंकर संघका अध्यक्ष उपेन्द्र पौडेलले मर्जरमा जाने वित्तिय संस्थाहरुलाई राष्ट्र बैकलेथप सुविधाहरु दिनुपर्ने आवश्यकता औल्याए ।

२०६३ सालमा ५ करोड चुक्ता पूँजीका साथ प्रभु फाईनान्सको रुपमा स्थापना भएको कम्पनीले १२ बर्षमा बिग्रे, भत्केका र डुबेका कम्ँपनीहरुलाई गाभ्दै चुक्ता पूँजी ५ अर्ब २४ करोड नघाएको छ । २०७० सालमा बैभव फाईनान्स र सम्बृद्धि बिकास बैंकलाई आफुमा समाहित गरेर ७६ करोड चुक्ता पूँजी नघाएको प्रभुले त्यसपछि संकटग्रस्त बनेको बाणिज्य बैंक किष्टलाई किनेर जेनिथ फाईनान्स र गौरीशंकर बिकास बैंकलाई आफुमा गाभेको थियो । योसंगै प्रभु बाणिज्य बैंक बनेर चुक्ता पूँजी ३ अर्ब २० करोड नाघेको थियो ।

 

अहिले ग्राण्ड बैंकलाई सफलतापूर्वक आफुमा गाभेपछि संकटग्रस्त कम्पनी किन्ने बैंकहरुमा प्रभु हिरो नै भएको छ । मर्जरपश्चात बैंकको शाखा संञ्जाल १३६ पुगेको छ । कर्मचारी संख्या १२ सय र शेयरधनीहरुको संख्या ७९ हजार पुगेको छ भने बैंकका साढे सात लाख ग्राहक पुगेका छन् । यी दुई बैंक गाभिएपछि निक्षेप ५४ अर्ब कर्जा तथा लगानी ४० अर्ब नाघेको छ । बैंकले ४ अर्ब ४० करोड बराबरको रकम जलविद्युत क्षेत्रमा लगानी गरेको छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।