२१ प्रतिशत बोनश दिने प्रस्ताव गरेको लुम्बिनी फाइनान्सलाई नेप्सेले किन माग्यो स्पष्टिकरण ?

Feb 21, 2016 Mero Lagani

लुम्बिनी फाइनानन्स एण्ड लिजिङ् कम्पनी (LFLC) ले आफ्ना शेयरधनीलाई झण्डै २३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी संचालक समितिको बैठकले २१.६१८ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनका लागि १.१४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।



राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई उक्त लाभांश वितरण गरिनेछ । कम्पनीले गत आर्थिक बर्षमा ६ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ३३ करोड ९१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको बोनश शेयर पश्चात चुक्ता पूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको गत पुष ३० गते सम्पन्न बोर्ड बैठकले लाभांश प्रस्ताव गरेको थियो । तर कम्पनीले शेयर मूल्य प्रभावित हुनेगरि करिब डेढ महिना ढिला लाभांश प्रस्ताव नेप्सेमा बुझाएपछि नेप्सेले उक्त कम्पनीसँग स्पष्टिकरण  मागेको छ । 

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।