पूँजी बजारमा रेकर्ड माथि रेकर्ड, हकप्रद र एफपीओले झन् उचाल्योे

Feb 21, 2016 Mero Lagani

शेयर बजारले नयाँ उचाई कायम गर्दै जाँदा बजारमा हकप्रद निष्काशनको घोषणा गरेका,निष्काशनको तयारीमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले बजारलाई थप तताएका छन् । गत साताको अन्तिम कारोबारको दिन विहिबार १२७३.२८ अंकमा बन्द भएको बजार यो साताको पहिलो दिन आइतबार साढे पाँच अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । 

हकप्रद निष्काशनको घोषणा गरेका र निष्काशन गर्ने तयारीमा रहेका वाणिज्य बैंकहरुको कारोबार उच्च देखिएको छ भने यी कम्पनीहरुको शेयरमूल्य समेत बढेको छ ।

राजनैतिक घटाक्रममा देखिएको सुधार, प्रविधिमैत्री बन्दै गएको बजार र नियमन निकायहरुको भुमिकाले पछिल्लो समयमा तातेको बजारलाई बोनश, हकप्रद तथा एफपिओले थप उचाईमा पूर्याएको छ । 

मंगलबारदेखि ९० लाख ७० हजार कित्ता एफपिओ जारी गर्ने तयारीमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार सबैभन्दा उच्च भएको छ । यो बैंकको संस्थापक तथा साधारणगरि साढे ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको ५ करोड रुपैयाँ बराबरको साधारण शेयर तथा २ करोड ४८ लाख रुपैयाँ बराबरको संस्थापक शेयरको किनबेच भएको छ । यो बैंकको साधारण शेयरकोमूल्य प्रतिकित्ता १९ रुपैयाँले बढेर ९५१ रुपैयाँ पुगेको छ ।

 


आजैदेखि सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २५ प्रतिशत हकप्रद निष्काशन गरेको छ । भने तिनाउ विकास बैंकले फागुन २८ गतेबाट २५ प्रतिशत हकप्रद शेयर निष्काशनको तयारीमा रहेको छ । सांग्रिलाको शेयरमूल्य ३ रुपैयाँले बढेर प्रतिकित्ता ३५४ रुपैयाँ पुगेको छ भने तीनाउको भने ७ रुपैयाँले घटेर प्रतिकित्ता २८९ रुपैयाँ पुगेको छ ।

५० प्रतिशत हकप्रदको निष्काशन गर्ने घोषणा गरेको सानिमा बैंकको आह्वानपत्र सार्वजनिक हुने क्रममा रहेको छ ।सानिमा बैंकको पनि ५ करोड ८० लाख बढीको कारोबार भएको छ । यसको शेयरमूल्य एक रुपैयाँले बढेर प्रतिकित्ता ७३० रुपैयाँ पुगेको छ ।

यता सनराइज बैंकले ३० प्रतिशत हकप्रद निष्काशनका लागि फागुन २३ गतेका लागि साधारणसभा बोलाएको छ । सनाराईज बैंकले ४ करोड ३२ लाख बराबरको कारोबार गरेको छ । यो बैंकको शेयरमूल्य ७ रुपैयाँले बढेर प्रतिकित्ता ४८४ रुपैयाँ पुगेको छ ।

नेशनल हाइड्रो कम्पनीको पनि साढे चार करोड बराबरको कारोबार गरेको छ । एनबी बैंकले ३ करोड बढीको कारोबार गर्दा एनआईशी एशियाको २ करोड बढीको शेयर किनबेच भएको छ । एनएमबी, हिमालयन र सिटिजन बैंकको पनि करोड बढीको कारोबार भएको छ ।

 

आइतबार नेप्से ५.६४ अंकले बढेर १२७८.९२ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च अंक हो । कारोबारमा आएका बिमा बाहेक सबै समूहमा हरियाली छाएपछि बजारले नयाँ उचाई लिएको हो । ११३ कम्पनीको कारोबार भएको बजारमा १८ लाख ६५ हजार कित्ता शेयर ६३ करोड १२ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा तीन करोड रुपैयाँले घटेको छ । यसदिन वाणिज्य बैंकहरुको मात्रै ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन स्वोरोजगार लघुवित्त र नमस्ते वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशतको हाराहारीमा बढेको छ । त्यसैगरि नेशनल हाइड्रो, एस डेभलपमेन्ट बैंक, कञ्चन डेभलपमेन्ट, अल्पाइन डेभलपमेन्ट, सगरमाथा फाइनान्स, हिमालयन बैंक लगायतका कम्पनी धेरै कमाउनेमा परेका छन् ।

काष्ठमण्डप डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यसैगरि लक्ष्मी लघुवित्त, नेपाल ग्रामिण विकास बैंक, कालिञ्चोक डेभलपमेन्ट, सहयोगी विकास,प्रिमियर इन्स्योरेन्स, टुरिजम डेभलपमेन्ट बैंक लगायतका कम्पनी धेरै गुमाउनेमा परेका छन् ।

 

लगातार नयाँ रेकर्ड बनाइरहेको नेप्सेमा कहिले लाग्ला ब्रेक ? प्राविधिक विश्लेषणमा यस्तो छ नेप्सेको गति

 

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

कहिले हुन्छ नेपाल उर्जामा आत्मनिर्भर ?

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।