शेयर बजारमा दैनिक रुपमा धेरै शेयर संख्या किनबेच हुने गरेको प्रभुको कारोबार लामो समय रोकिदा शेयर बजारमा पनि प्रभाव परेको छ । धेरै लगानीकर्ता बैंकको शेयर कारोबार कहिले सुचारु हुन्छ अनि बन्धक बनेको शेयर कारोबार गर्न पाइएला भनेर पर्खिरहेका छन् । लगानीकर्ताको अर्बौं रुपैंया बन्धक भएको भन्दै बैंकले जतिसक्दो छिटो शेयर कारोबार सुचारु गराउने प्रकृयालाई तिब्र बनाएको जनाएको छ ।
१ वर्ष लामो समयदेखिको मर्जर प्रकृयामा गएका कारण ग्राण्ड बैंकका लगानीकर्ता १४ महिनादेखि अनि प्रभु बैंकका लगानीकर्ता ६ महिनादेखि शेयर कारोबार सुचारु हुने पर्खाइमा छन् । ग्राण्ड बैंकको आरटिएस सम्हालेको सिभिल क्यापिटलबाट प्रभु बैंकमा अहिलेसम्म ग्राण्ड बैंकको २ करोड कित्ता शेयरको विबरण पुगेको छैन ।
सिभिल क्यापिटलले दिएको जानकारी अनुसार सबै तथ्यांक तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ । प्रभु बैंकका अनुसार सिभिल क्यापिटलबाट ग्राण्ड बैंकको शेयर सम्बन्धि कागजात तथा तथ्यांक आए पछि प्रभुले आफ्नो प्रकृया सुरु गर्नेछ । अहिले सिभिल क्यापिटलमा ग्राण्ड बैंकको सबै तथ्यांक लिनका लागि प्रभु बैंकबाट ताकेता पनि भईरहेको छ । केही दिनमा नै सबै तथ्यांक उपलब्ध गराई शेयर कारोबार छिटो सुचारु होस् भन्ने चाहेको क्यापिटलका एक अधिकृतले मेरोलगानीलाई बताए ।
उता प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले मेरो लगानीसंग कुरा गर्दै भने ‘हामी बैशाख दोस्रो सातादेखि शेयर कारोबार गराउने लक्ष्यका साथ काम गरिरहेका छौं । प्रकृयागत ढिलासुस्तीले केही दिन ढिला हुन सक्छ ।’
उनका अनुसार लक्ष्य अनुरुप काम भएमा ढिलोमा बैशाख महिना भित्रमा प्रभुको शेयर कारोबार सुचारु हुनेछ । प्रभु बैंकले ग्राण्डलाई आफुमा गाभ्ने निर्णयसंगै त्यसको सम्झौता गरे लगत्तै गत वर्षको माघ महिनादेखि ग्राण्ड बैंकको शेयर कारोबार रोक्का भएको थियो । पछि राष्ट्र बैंकले एक्विजिशन नभई मर्जर प्रकृयाबाट आउन भने पछि अशोजदेखि प्रभु बैंकको पनि शेयर कारोबार रोक्का भएको थियो ।
- डिम्याट खातामा रहेको ग्राण्ड बैंकको शेयर अब के होला ?
प्रभु बैंक आफैंले आरटिएसको काम गर्दै आएको छ । उसले सिभिल क्यापिटलबाट तथ्यांक आए पछि स्वाप रेसियोका आधारमा शेयरधनीको डिम्याट खातामा रहेको शेयरको अनुपात व्यवस्थापनका लागि सिडिएस एण्ड क्लियरिंग लिमिटेडमा पठाउने छ ।
क्लियरिंगका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता भन्छन् ‘प्रभुबाट शेयर व्यवस्थापनका लागि आवेदन आएपछि सिडिएससीले तिब्र रुपमा त्यस उपर काम थालनी गर्छ ।’
धितोपत्र बोर्डले डिम्याट कारोबार अनिवार्य गरिसकेको अवस्थामा अहिले लगानीकर्ताको डिम्याट खातामा रहेको शेयर डिम्याट खातामै पठाउनु पर्ने अवस्था छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी भन्छन् ‘अनिवार्य डिम्याटमा गइसकेको अवस्थामा मर्जर पछि शेयर स्वाप रेशियोका आधारम ाबितरण हुने शेयर डिम्याट खातामा नै पठाउनु पर्छ ।’
ग्राण्ड बैंकको कागजी शेयर लिएका शेयरधनीको हकमा भने के हुने भन्ने अन्यौलता कायमै छ । प्रभुले ग्राण्ड बैंकका सबै शेयर प्रभु बैंकको नाममा रुपान्तरण गर्ने क्रममा कागजी शेयर प्रमाणपत्र छाप्ने वा डिम्याट खाता उपलब्ध गराउन शेयरधनीलाई आग्रह गर्ने भन्ने सम्बन्धमा प्रभु बैंकले निर्णय गर्न बाँकी छ ।
ग्राण्ड बैंक र प्रभु बैंकबीच तय भएको स्वाप रेसियो अनुसार ग्राण्ड बैंकको १०० कित्ता शेयर भएका लगानीकर्ताले प्रभु बैंकको ६५ कित्ता शेयर प्राप्त गर्नेछन् तर प्रभुका लगानीकर्ताले भने एकसय कित्ताको १२१ प्राप्त गर्नेछन् । यसअघि ग्राण्ड बैंकको शेयर डिम्याट गराएका लगानीकर्ताको खातामा यो नयाँ ब्यवस्था अनुसार स्वतः परिवर्तन हुनेछ ।
अहिले ग्राण्ड बैंकका शेयर प्रमाणपत्र डिम्याट गराउने काम रोक्का गरिएको छ । प्रभु बैंकको नामबाट सबै शेयर ग्राण्ड बैंकका सबै शेयर सुचिकरण भए पश्चात मात्र प्रभु बैंकले कागजी शेयर प्रमाणपत्रको डिम्याट सुरु गराउने छ ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
....................................................................................................................................................................
जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?