एभरेष्ट इन्स्यारेन्सको लाइसेन्स किन नबिकरण हुन सकेन ? डेढ सय प्रतिशत हकप्रद के भयो ?

Apr 15, 2016 Mero Lagani

राजेन्द्र खेतानको बदमासीका कारण समस्यामा परे पछि बीमा समितिको निगरानीमा रहँदै गर्दा राम्रो वित्तीय विबरण निकालेको एभरेष्ट इन्स्योरेन्सले अब के गर्ला भन्ने चासो लगानीकर्तामा छ । निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी फेरी बढाउने चर्चा चलिरहेका बेला पहिले तोकिएको २५ करोड रुपैंया पुर्याउन अझै प्रक्रिया अघि नबढाएको कम्पनीले अब के गर्ला ?

तपाईलाई जानकारी भएको हुनुपर्छ झण्डै १५ महिना अघि एभरेष्ट इन्स्योरेन्सले १० करोड रुपैंयाको चुक्ता पूँजी एकै पटक २५ करोड रुपैंया पुर्याउने भन्दै विशेष साधारण सभा आह्वान गर्यो । समस्याबाट गुज्रिरहेका शेयरधनी विवाद, नेतृत्वको बदमासी लगायत कारणले त्यस अघिका केही साधारण सभामा नै हुन नसकेको इन्स्यारेन्सले विशेष साधारण सभा पनि दोस्रो पटक मात्र सम्पन्न गर्यो ।

अघिल्लो मंसिरमा बोलाइएको साधारण सभा सञ्चालक विवाद, गणपुरक शेयरधनीको अनुपस्थितीमा बस्न सकेको थिएन । १ बराबर डेढ कित्ता अर्थात १ सय ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित विशेष साधारण सभाबाट पारित गरेको कम्पनीले त्यस पछिका दिनमा त्रैमासिक वित्तीय विबरण प्रकाशित गर्ने बाहेकका कुनै काम गरेको छैन ।

बजारमा प्रतिकित्ता शेयरमुल्य १ हजार २ सय ५० रुपैंयाको हाराहारीमा रहेको इन्स्योरेन्सको सर्वसाधारण समुहमा मात्र शेयर बितरित छ । संस्थापक शेयर नभएका कारण नै सर्वसाधारण शेयरधनीले इन्स्योरेन्स सुधारिएको देखिए पनि कुनै प्रतिफल पाउन सकेका छै्रनन् । उता तोकिएको चुक्ता पूँजी नपुर्याउँदा अझ अब इन्स्योरेन्सको अवस्था के होला भन्ने चासो लगानीकर्तामा छ । पूँजी वृद्धि नगरेकै कारण कम्पनी सञ्चालन अनुमती पत्र नबिकरण हुन नसकेको विषय आम लगानीकर्ताको जानकारीमा छैन ।

इन्स्यारेन्सका कम्पनी सचिव प्रदिप मोहन धगोडेलका अनुसार अहिले अडिटको काम भैरहेको छ । केही समयमा यो प्रक्रिया सकेर हकप्रद निष्काशनको काम सुरु गर्ने जनाएका उनको भनाईलाई आधार मान्ने हो भने लगानीकर्ता निराश हुनु पर्ने अवस्था देखिँदैन । सम्भव भएको खण्डमा केही लाभांसको प्रस्ताव सहित साधारण सभा आह्वान गर्न सकिने तर यसका लागि वित्तीय विबरण अडिकको काम पहिले सकाउनु पर्ने उनको भनाई छ ।

बीमा समिति के भन्छ ?

निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैंया रहनु पर्ने व्यवस्था गरेको बीमा समितिका अनुसार एभरेष्ट इन्स्यारेन्स बाहेक सबै कम्पनीले उक्त मापदण्ड पुरा गरेका छन् । समिति अध्यक्ष फत्तबहादुर केसी भन्छन् ‘अर्को पटक बीमा कम्पनीको पूँजी वृद्धिको कुरा आइसक्यो, अहिलेसम्म एभरेष्टले १० करोडबाट बढाउन पहल नगरेका कारण हाम्रो निगरानीमा रहे पनि लाइसेन्स नबिकरण भएको छैन । लाइसेन्स नबिकरणको प्रकृया चल्दै गरेको भए पनि पूँजी वृद्धिका लागि कम्पनीले कुनै ताकेता गरेको छैन । लाइसेन्स नबिकरण नहुनु नै कम्पनीलाई गरिएको कार्वाही हो ।’

समितिका अनुसार गत वर्ष सम्पन्न विशेष साधारण सभाले पारित गरेको हकप्रद निष्काशनको प्रस्ताव समितिमा पेश गरिए पनि कम्पनीका तर्फबाट त्यस सम्बन्धमा कुनै फलो अप भएको छैन । ‘कम्पनीबाट नै हकप्रद निष्काशन प्रक्रियालाई निष्कार्षमा पुर्याउन पर्यो भनेर कोही आएकै छैन भने हामीले कसरी प्रक्रिया अघि बढाउन सक्छौं, यहि अवस्थामा कम्पनीले के गर्ला भन्न सकिन्न’ समिति अध्यक्ष केसीले भने ।

२ वर्ष अघि २०७० असार मसान्तसम्ममा चुक्ता पूँजी २५ करोड पुर्याउने समयावधि पाए पनि २ वर्ष बित्दा सम्म कुनै काम गर्न नसकेको स्वीकार गर्दै कम्पनी सचिव धगोडेलले अब असार मसान्तसम्ममा कम्पनीले कुनै पनि हालतमा हकप्रद निष्काशन गरिसक्ने दाबी गरेका छन् ।

लगानीकर्तालाई निराश नबनाउने बताएका उनले अडिटको काम अन्तिम चरणमा रहेको पनि बताएका छन्, तर साधारण सभा कहिले डाक्ने, लाभांस प्रस्ताव आउने न आउने सम्बन्धमा भने केही पनि खुलाएनन् । बीमा समितिको भनाईलाई हेर्दा आगामी दिनमा कम्पनीको गति कता जाला अनि के गर्ला भन्ने अन्यौल अझै बढेर जाने देखिन्छ । याद रहोस् बजारमा एभरेष्ट इन्स्योरेन्सको प्रतिकित्ता शेयर साढे १२ सय रुपैंया रहेको छ ।

आर्थिक वर्ष २०७० ७१ को चौथो त्रैमासमा ५ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरि प्रतिशेयर आम्दानी ५८ रुपैंया ६६ पैसा कायम गरेको कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १३ लाख ६१ ह्जार रुपैंया खुद नाफा कमाएको थियो भने प्रतिशेयर आम्दानी ५ रुपैंया ४० पैसामा झरेको थियो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८७ लाख १७ हजार रुपैंया खुद नाफा गर्दा ८ रुपैंया ६४ पैसा प्रतिशेयर आम्दानी भएको इन्स्योरेन्सको सोही वर्षको तेस्रो त्रैमासमा ६३ लाख ९९ हजार नाफा तथा प्रतिशेयर आम्दानी ६ रुपैंया ३२ पैसा कायम भएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ९७ लाख खुद नाफा तथा प्रतिशेयर आम्दानी ३९ रुपैंया २५ पैसा रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९२ लाख २७ हजार रुपैंया खुद नाफा कमाएको कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैंया २ पैसा छ ।

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

१५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।