प्रोफेशनल दियालोको नाफा बढ्दा भागर्वको भने घट्यो,खराबकर्जा भने दुवैले घटाए

Apr 22, 2016 Mero Lagani

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको दश जिल्ले प्रोफेशनल दियालो विकास बैंक (PRDBL) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा उल्लेखीय नाफा बढाएको छ । उता तीनजिल्ले भार्गव विकास बैंक (BHBL) को नाफामा भने कमी आएको छ । यस अवधिमा दुवै बैंकले खराबकर्जा घटाउन भने सफल देखिएका छन् ।

प्रोफेशनल दियालो नाफा २ करोड 

 

प्रोफेशनल दियालो विकास बैंकले चालु आर्थिक बर्ष तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्षको यसैअवधिको तुलनामा ३६ लाख रुपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिकबर्षको चैत्र मसान्तसम्ममा बैंकले १ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नियमित क्रियाकलापबाटै नाफा बढाएको बैंकले यो अवधिमा निष्कृय कर्जा समेत घटाएको छ । गतबर्षको चैत्रमा २.५२ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा १.३५ प्रतिशतमा झरेको छ । बैंकको चुक्ता पूँजी २२ करोडरुपैंया रहेको छ ।

अघिल्लो आर्थिक वर्षको यसैअवधिमा ३ करोड ४४ लाख रुपैंया जगेडा कोष कायम गरेको बैंकको चालु बर्ष ६ करोड ६२ लाख रुपैंया रहेको छ । एकबर्षको अवधिमा बैंकको जगेडाकोष झण्डै दोब्बर भएको छ ।
काभ्रेको बनेपालाई केन्द्र बनाएर आर्थिक कृयाकलाप गर्दै आएको बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाहमा भने सुधार देखिएको छ ।

हाल बैंकको चुक्त पुँजी २२ करोड रुपैयाँ रहेको छ । बैंकले गतआर्थिक बर्षको मुनाफाबाट ९.२५ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको छ । बोनशवितरपश्चात बैंकको चुक्ता पुँजी २४ करोड रुपैयाँ पुग्नेछ । काभ्रेको बनेपालाई केन्द्र बनाएर आर्थिक कृयाकलाप गर्दै आएको बैंकको १० जिल्ला कार्यक्षेत्र छ ।


खराबकर्जा घटेपनि  भार्गवको नाफा बढेन्

 

यता भार्गव विकास र्बैक लिमिटेडको भने तेस्रो त्रैमासमा खुद नाफामा कमी आएको छ । बैंकले यसअवधिमा १ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतबर्षको यसै अवधिमा बैंकले १ करोड ९६ लाख रुपैया खुद नाफा कमाएको थियो । गतबर्षको तुलनामा बैंकको नाफामा २८ लाख रुपैयाले कमी आएको हो ।

बैंकको संचालनखर्च, कर्मचारी खर्च बढे पछि नाफा घटेको हो भने बैंकले यसअवधिमा कुनै पनि राईट ब्याक गर्न सकेको छैन । उता प्रोभिजन खर्च बढ्दा नाफा प्रभावित भएको हो । यसको व्याज आम्दानी भने बढेको छ ।

गतबर्षको यसैअवधिको तुलनामा बैंकको चुक्ता पुँजी २ करोड रुपैयाले बढेको छ ।  बैंकको खराब कर्जा ०.२१ प्रतिशतबाट ०.०८ प्रतिशतमा झरेको छ । हाल बैंकको चुक्ता पुँजी १२ करोड रुपैयाँ पुगेको छ । बैंकले गतआर्थिक बर्षको मुनाफाबाट २० प्रतिशत बोनश शेयर दिएर २ करोड पुँजी बढाएको हो । बैंकको बाँके, दाङ् र बर्दिया तीन जिल्लामा कार्यक्षेत्र रहेको छ ।

 

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।