बिओकेका सेवाग्राहीले पनि अन्तर बैंक विद्युतीय भुक्तानी सेवा प्रयोगको मौका पाउने, अरु बैंकका ग्राहकले पनि बिओकेमा यसरी गर्न सक्छन् सहज कारोबार

Apr 26, 2016 Mero Lagani

बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैक अफ काठमाण्डू लिमिटेडसंग पनि यस्तो सेवाको सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र बैक अफ काठमाण्डूका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसीएचएल आइपीएस प्रणाली उपलब्ध गराउने छ ।

यो प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने छ ।

यो प्रणालीका लागि लागि कम्पनीले ४९ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष र ३ वटा रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यका रुपमा सम्झौता गरिसकेको छ । मंगलबारको सम्झौता पछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा ५३ सदस्यहरु आवद्ध भएका छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हाल संचालन गदैं आएको एनसीएचएल एनसीसी सेवा मार्फत आफ्ना १ सय २२ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका २ हजार ६ सय ८६ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउदै आएकोमा कम्पनीको उद्देश्य बमोजिम अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा संचालनमा ल्याउनको लागी आउने दिनहरुमा अन्य बैंक वित्तीय संस्थाहरुलाई पनि यस प्रणालीमा आवद्ध गराएर यस प्रणालीको संजाल निरन्तर रुपमा बढाउदै लैजाने लक्ष्य क्लियरिंग हाउसले लिएको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।