एनआइडिसी डेभलपमेण्टले लिलाम गरेको नबिल बैंकको संस्थापक शेयरमा आवेदन दिनेले कति रुपैंयामा शेयर सकारे ?

Apr 27, 2016 Mero Lagani

एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थाको शेयर स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्था भए पछि सरकारी स्वामित्वको एनआइडिसी डेभलपमेण्ट बैंकले नबिल बैंकको संस्थापक शेयर लिलाम गरेको छ । मंगलबार नबिल बैंकको संस्थापक शेयर खरिदका लागि भएको लिलाममा प्रतिकित्ता १८ सयसम्मको प्रस्ताव परेको छ ।

क्रस होल्डिंगमा एनआईडिसी बैंकसंग रहेको १ लाख ६२ हजार ९ सय ८१ कित्ता शेयर बढाबढ मुल्यमा लिलाम गरिएको हो । बैंकका अनुसार ३ सय कित्ताका लागि अधिकतम १८ सय रुपैंयासम्मको प्रस्ताव परेको छ ।

गोप्य शिलबन्दी बाट शेयर माग गरेका आवेदकहरु मध्ये न्युनतम १ हजार ६ सय ३१ रुपैंयामा शेयर सकारेका छन् । लिलाममा न्युनतम १ हजार ३ सय ५३ रुपैंयामा शेयर माग गरिएको थियो । जम्मा ६ सय ८४ जनाले शेयर लिलामीमा सहभागिता जनाएकोमा १ हजार ६ सय ३१ रुपैंया भन्दा माथि मुल्यमा शेयर माग्ने ४ जनाले मात्र शेयर पाएका छन् ।

बैशाख २ गते १ हजार ६ सय १५ रुपैंयामा कारोबार भएको नबिल बैंकको संस्थापक शेयर मंगलबार १ हजार ६ सय ९० रुपैंयामा किनबेच भएको थियो ।

गत चैत १२ देखि बैशाख २ गतेसम्म लिलामीमा राखिएको शेयरका लागि आवेदकले न्युनतम १ सय कित्ता शेयर माग गर्नु पर्ने व्यवस्था गरिएको थियो । कम मूल्य तोकेर सेयर नपरेका लगानीकर्ताको पैसा दुई सातापछि फिर्ता दिइने बैंकले जनाएको छ ।

बैंकले पुस मसान्तसम्ममा ६ करोड ९९ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।