एपेक्सले आशा लाग्दो प्रगति गर्दा वागमती र कर्णालीको नाफामा उच्च गिरावट

May 16, 2016 Mero Lagani

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एपेक्स डेभलपमेन्ट बैंकले आशा लाग्दो प्रगति गर्दा वागमती डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकको नाफामा भने उच्च गिरावट आएको छ । सोमबार तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका यी तीन विकास बैंकको खराकर्जा भने घटेको छ ।


एपेक्स बैंकको खुद मुनाफा १० करोड

एपेक्स बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा १० करोड ४० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । वर्षको सोहि अवधिमा २ करोड ५० लाख रुपैयाँ नोक्सानमा रहेको बैंकको नाफामा उल्लखीय सुधार देखिएको छ ।

६६ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडाकोष भने ३ करोड ५२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकले समिक्षा अवधिमा ६ अर्ब ७५ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६२ करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । खुद व्याज आम्दानी तथा संचालन मुनाफा उच्च दरमा बढेपछि बैंकको नाफा बढेको हो । 

बैंकको निस्कृय कर्जा २.८६ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति ११ दशमलव ०२ प्रतिशत रहेको छ ।

 

कर्णाली डेभलपमेन्ट बैंकको खुद मुनाफामा गिरावट

कर्णाली डेभलपमेन्ट बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा १५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा बैंककले ७१ लाख रुपैयाँ कमाएको बैंकको मुनाफामा भारी गिरावट आएको छ । खुद ब्याज आम्दानी तथा संचालन मुनाफामा कमी आएपछि बैंकको नाफा घटेको हो ।

१० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडाकोषमा २ करोड रुपैयाँ रहेको छ । बैंकले यसअवधिमा १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी ८३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रोभिजनमा ५३ लाख रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा ४.४३ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति १२.२३ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक १.५३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १ सय ६५ दशमलव ०४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४६ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात ४७ दशमलव २७ प्रतिशत रहेको छ ।

 

बागमती डेभलपमेन्ट बैंकको खुद मुनाफा ४२ प्रतिशतले घटयो

बागमती डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा ७२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा साढे ४२ प्रतिशतले घटेको हो ।
५ करोड ७५ लाख रुपैयाँ चुत्ता पुँजी भएको बैंकको जगेडाकोषमा एक करोड एक लाख रुपैयाँ रहेको छ । बैंकले यसअवधिमा ५६ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३७ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी तथा सञ्चालन मुनाफा घटेपछि नाफा घटेको हो । ४२ लाख रुपैयाँ प्रोभिजनमा राखेको बैंकले ३९ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रति शेयर आम्दानी ८.२८ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ४०.९३ गुणा, प्रति शेयर नेटवर्थ १ सय ३५.०१ रुपैयाँ र तरलता अनुपात ४६.३६ गुणा रहेको छ । जोखिम युक्त सम्पति १५ दशमलव ३१ प्रतिशत रहेको छ ।

 

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।