बिकास बैंक र फाईनान्सको मात्रै कम्तिमा पाँच अर्बको हकप्रद आउँदै, कुन हुन् हकप्रद जारी गर्ने कम्पनी ?

May 22, 2016 Merolagani

हकप्रद शेयर जारी हुने हल्लामा उचालिएर शेयर किनबेच हुने प्रबृत्ति नेपालको शेयर बजारमा कायम रहेको बेला त्यसमा चासो राख्नेहरुलाई अर्को खुशीको खबर छ, बिकास बैंक र फाईनान्स कम्पनीहरुले मात्रै आगामी दिनमा कम्तिमा सवा पाँच अर्बको हकप्रद निश्काशन गर्दैछन् । हकप्रद निश्काशनको निर्णयमा पुगिसकेका २१ बिकास बैंक र ९ फाईनान्स कम्पनीहरुको मात्रै हिसाव गर्दा यो रकम हुन आएको हो । 

 

अझै कतिपय बिकास बैंक र फाईनान्सहरुले हकप्रद जारी गर्ने घोषणा गर्न बाँकी नै रहेकाले यो आँकडा अझै बढ्नसक्ने देखिन्छ । 

 

हकप्रद जारी गर्ने घोषणा गरेका बिकास बेंक र फाईनान्सहरु  मध्ये कतिपय आफै चुक्ता पूँजी पुर्याएर अस्तित्वमा रहिरहन चाहेका देखिन्छन् भने कतिपय तत्काल मर्ज र एक्विजिशनको साझेदार नपाउँदा हकप्रद जारी गर्ने घोषणा गर्न बाध्य भएका छन् । 

अहिले हकप्रद जारी गर्ने घोषणा गरे पनि साना कम्पनीहरुको अन्तिम विकल्प भनेको मर्ज र एक्विजिशन नै हुने देखिन्छ । 

१५ वटा बाणिज्य बैंकहरुको कम्तिमा २२ अर्ब रुपैयाँको हकप्रद आउने निश्चित भईसकेको अबस्थामा बिकास बैंक र फाइृनान्सको हकप्रद कति किन्नसक्ने भन्ने प्रश्न स्वभाविक रुपमा लगानीकर्ताका सामू देखापर्छ । 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।