खानी खोला जलविद्युत आयोजनाको साधारण शेयर आजदेखि, कहाँकहाँबाट दिन सकिन्छ आवेदन ?

May 29, 2016 Mero Lagani

खानी खोला हाइड्रोपावर कम्पनी (KKHCL) ले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर निस्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४ सय २९ कित्ता  साधारण शेयर निष्कासन गरेको हो । कम्पनीको शेयरमा न्युनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । शेयर निष्काशन जेठ १९ गते बन्द हुनेछ ।

कम्पनीले निष्कासन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर मध्ये ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको शेयरका लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।कम्पनीको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

इच्छुक लगानीकर्ताले सिभिल क्यापिटल मार्केट कमलादी काठमाडौ तथा खानी खोला हाइड्रो पावर कम्पनी धुमबराही, सिभल बैंकका शाखा कार्यलय पोखरा, बुटवल,विर्तामोड, नेपालगन्ज, हेटौडा, इटहरी , धनगढी र वागमति डेभलपमेन्ट सर्लाहीबाट आवेदन दिन सक्नेछन् । शेयर निष्काशन जेठ १९ गते बन्द हुनेछ ।

खानीखोला हाईड्रोपावरले ललितपुर जिल्लाको आयोजना प्रभावित गाउँ भट्टेडाडा, ईकुडोल र संखु गाउँ बिकास समितिका बासिन्दाका लागि ४ लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरिसकेको छ । कम्पनीयो साधारण सेयर निष्कासन पश्चात चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।

अपडेट

साधारण शेयरको आवेदन फारम निश्चित स्थानबाट मात्र दिन सकिने व्यवस्था भएको भन्दै चितवन, बागलुंग, सप्तरी, धरान, बिराटनगर, जनकपुर लगायत स्थानबाट आवेदन दिन चाहनेहरुले आक्रोस पोखेका छन् । समानुपातिक रुपमा सबै स्थानबाट शेयर आवेदन गर्न पाउने व्यवस्था मिलाउनका लागि पनि उनीहरुले माग गरेका छन् ।

अब घर-घरमा बिजुली, जन-जनमा शेयर

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

.................................................................................................................................................................

राधी विद्युत कम्पनीेले खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गर्ने 

comments powered by Disqus