खानी खोलाको शेयरमा कति पर्यो आवेदन ? यसरी हुँदैछ धेरै आवेदनको चेक रद्ध

Jun 02, 2016 Mero Lagani

खानी खोला हाइड्रोपावर कम्पनी (KKHCL) ले निष्काशन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयरका लागि ६ अर्ब ८२ करोड रुपैंयाको आवेदन परेको छ । जेठ १६ देखि १९ गतेसम्म निष्काशन भएको शेयरका लागि १ लाख ३५ हजार वटा आवेदनबाट उक्त रकमको आवेदन परेको कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

क्यापिटलका मर्चेण्ट बैंकिंग प्रमुख कमल खत्रीले दिएको जानकारी अनुसार यो प्रारम्भिक तथ्यांक मात्र हो । जस अनुसार कम्पनीको शेयरका लागि ७३ गुणा बढी आवेदन परेको हो । सबै आवेदन केन्द्रबाट अन्तिम तथ्यांक नआएको आएका आवेदनमा पनि चेकमा देखिएको त्रुटि धेरै भएको उनले जानकारी दिए ।

मेरोलगानीसंग कुरा गर्दै खत्रीले भने ‘आवेदकले खिचेका अधिकांस चेकमा त्रुटि भेटिएको भन्दै बैंकहरुबाट चेक फिर्ता आउन थालेको छ । आवेदकले आवेदन दिने क्रममा ध्यान नदिइ चेक खिच्दा चेकमा राखिनु पर्ने रकम जम्मा गर्ने संस्थाको नाम गलत भएको भन्दै चेक फिर्ता आइरहेको छ । यसले आवेदनमा परेको रकमलाई धेरै परिमार्जन गर्ने अवस्था देखियो ।’

कम्पनीले १०० रुपैयाँ अंकित दरका नौं लाख ३१ हजार ४ सय २९ कित्ता शेयर निस्कासन गरेको थियो । निष्कासन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर मध्ये ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको शेयरका लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका हुन् ।

खानीखोला हाईड्रोपावरले ललितपुर जिल्लाको आयोजना प्रभावित गाउँ भट्टेडाडा, ईकुडोल र संखु गाउँ बिकास समितिका बासिन्दाका लागि ४ लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरिसकेको छ । कम्पनीयो साधारण सेयर निष्कासन पश्चात चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।

...............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।