वुटवल पावरले ३० लाख कित्ता एफपिओ गर्ने

Jun 14, 2016 Mero Lagani

पूँजी बढाउन लागि बीमा एंवम बैंक तथा वित्तीय संस्थाहरुले अपनाएको थप नयाँ शेयर निष्कासन एफपिओको लहर जलविद्युत कम्पनीतर्फ समेत सरेको छ । बुटवल पावर कम्पनी (BPCL) ले ३० लाख कित्ता एफपिओ निष्कासन गर्ने निर्णय गरेको जानकारी नेप्सेमा दिएको छ ।

कम्पनीले एफपिओ निष्कासनका लागि अषाढ २७ गतेका लागि विशेष साधारणसभा बोलाएको छ भने साधारणसभा प्रयोजनका लागि आषाढ १६ गते शेयरधनी दर्ता पुस्तीका बन्द रहने पनि कम्पनीले जनाएको छ ।

कम्पनीको उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि शेयर निष्काशनका लागि धितोपत्रबोर्डमा जानेछ ।
कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । हाल शेयरबजारमा यो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ७७० रुपैयाँको हाराहारीमा रहेको छ । एफपिओ निष्कासनको सूचना नेप्सेमा आएकै दिन मंगलबार यो कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासम्ममा ५८ करोड खुद नाफा कमाएको थियो । कम्पनीको एक अर्ब ६७ करोड रुपैयाँ रहेको छ भने १ अर्ब ९९ करोड जगेडाकोषमा राखेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ रहेको छ ।

 

....................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

...............................................................................................................................................................

 १५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।