जलविद्युत कम्पनीको शेयर कारोबारमा ल्याउने चटारो, शेयर डिम्याटका लागि सन्ध्याकालिन काउन्टर पनि

Jun 28, 2016 merolagani

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (HIDCL) ले शेयरधनीहरुलाई शेयर डिम्याट गर्न आह्वान गरेको छ । कम्पनीले शेयर बजारमा पूर्ण डिम्याट भएको शेयर मात्र कारोबार हुने भएकाले दोस्रो बजारमा कारोबारमा लैजान शेयर डिम्याट गराउन शेयरधनीलाई आह्वान गरेको हो । कम्पनीको शेयर डिम्याट छिटो गराउनका लागि शेयर रजिष्टर ग्लोबल आइएमई क्यापिटलले सन्ध्याकालिन काउन्टर समेत सञ्चालनमा ल्याएको छ ।



जलविद्युत कम्पनीले ८ करोड कित्ता संस्थापक र २ करोड कित्ता साधारण गरि कुल १० करोड कित्ता शेयर डिम्याट गराउदैछ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमइ क्यापिटल रहेको छ । क्यापिटलले शेयरहरु अभौतिकिकरण गर्न धितोपत्र निक्षेप खाता अर्थात डिम्याट खाता अनिवार्य रहेकाले उक्त खाता खोल्न आग्रह गरेको छ । खाता खोलिसकेका शेयरधनीले आफूले खाता खोलेको निक्षेप सदस्य कँहा सक्कल शेयर प्रमाणपत्र सहित सम्पर्क राख्न भनेको छ ।

सन्ध्याकालिन काउण्टर संचालन

कम्पनीको आरटिएस रेहको ग्लोबल आइएमई क्यापिटलले डिम्याट खाता नहुनेले क्यापिटलमा डिम्याट खाता खोलेर त्यहिँ गएर शेयर डिम्याट गराउन दिएको खण्डमा सबै काम एकै स्थानमा हुने भएकाले छिटो काम हुने बताएको छ । साथै कम्पनीले शेयर डिम्याट कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन क्यापिटलमा सार्वजनिक बिदाका दिनमा बाहेक साझ ४ बजे देखि ६ बजेसम्म सन्ध्याकालिन काउण्टर संचालन गर्ने जानकारी समेत दिएको छ । सन्ध्याकालिन काउन्टर असार २० गतेसम्म संचालनमा आउनेछ ।

धेरै मात्रामा कम्पनीको शेयर डिम्याट गराउनु पर्ने भएका कारण कहिलेबाट कम्पनीको शेयर कारोबार सुरु हुन्छ भन्ने निक्र्यौल भैनसकेको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । कुल शेयर संख्याको १० प्रतिशत शेयर डिम्याट नभई नेप्सेमा कारोबार सुरु नहुने व्यवस्था रहेकाले कम्पनीको १ करोड कित्ता शेयर डिम्याट भैसकेपछि मात्र कारोबार सुरु हुनेछ ।

 

गत कात्तिक १२ गते कम्पनीले सर्वसाधारणका लागि २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको थियो । त्यसमा साढे २१ गुणा बढि अर्थात ४३ अर्ब रुपैयाँको आवेदन परेको थियो । साधारण शेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ८ अर्ब बाट बढेर १० अर्ब रुपैयाँ पुगेको छ ।

२०६८ साल साउनमा स्थापना भएको कम्पनीको अधिकृत पूँजी ५० अर्ब, जारीपूँजी १० अर्ब रहेको छ । कम्पनीमा सरकार, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषको लगानी छ । कम्पनीले २० देखि ८२ मेगावाटसम्मका गरी २ सय ७१ मेगावाट बराबरका विभिन्न ८ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरेको छ । यी आयोजनाहरुमा मात्र ४३ अर्ब रुपैयाँ बराबरको लगानी हुने कम्पनीले जनाएको छ । यी आयोजनाहरु सन् २०१७ सम्ममा सम्पन्न भईसक्ने कम्पनीले अपेक्षा छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

सिइडिबी हाइड्रोले पारित गर्यो साधारण शेयर निष्काशनको प्रस्ताव, कहिले होला निष्काशन ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।