जलबिद्युत कम्पनीको शेयर कारोबार खुल्यो ,प्राइस रेञ्ज १०९ देखि ३२८ रुपैंया

Jul 12, 2016 merolagani

जलविद्युत लगानी तथा बिकास कम्पनीको शेयर कारोबार आजदेखि खुलेको छ । दश करोड कित्ता शेयर नेप्सेमा  सुचीकृत गराएको कम्पनीको सर्वसाधारणमा निष्काशन गरिएको २ करोड कित्ताको कारोबार खुलेको हो । कम्पनीको प्रतिकित्ता शेयर मूल्यको रेञ्ज १ सय ९ रुपैंयादेखि ३ सय २८ रुपैंयासम्म निर्धारण गरिएको छ ।



प्रतिशेयर नेटवर्थको ३ गुणासम्म प्राइस रेञ्ज निर्धारण गर्ने व्यवस्था अनुरुप कम्पनीको शेयर मुल्य निर्धारण गरिएको हो ।
जलविद्युत आयोजनाहरुमा लगानी गर्ने लक्ष्यका साथ स्थापित कम्पनीमा सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोष लगायतका सरकारी निकायको ८० प्रतिशत शेयर स्वामित्व रहेको छ । ८ अर्ब संस्थापकको र सर्वसाधारणको २ अर्ब गरी कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैंया रहेको छ ।

कम्पनीले २ सय ७१ मेगावाट बराबरका ८ ओटा आयोजना निर्माणका लागि ऋण लगानी गर्ने सम्झौता गरेर त्यसै अनुरुप काम गर्दै आएको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।