सगरमाथा फाइनान्सले असी प्रतिशत हकप्रद दिने

Jul 24, 2016 merolgani

सगरमाथा फाइनान्स (SAFL) ले असी प्रतिशत अर्थात (१०ः८) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले एनआइबिएल क्यापिटललाई निस्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको जानकारी दिएको छ । शेयर निष्काशन सम्बन्धि सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी मनवहादुर राई र एनआइबिएलका महाप्रबन्धक मेखवहादुर थापाले हस्ताक्षर गरेका छन् ।



फाइनान्सको दश कित्ता शेयर हुनेले आठ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता शेयर निस्काशन गर्न लागेको हो ।
हाल कम्पनीको ३१ करोड रुपैयाँ ८७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ नाघ्ने नायव प्रमुख कार्यकारी अधिकृत अशोक बुढाथोकीले जानकारी दिए ।

फाइनान्सले गत असार मसान्तसम्म २१ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । कम्पनीले तीन अर्ब १० करोड निक्षेप र दुई अर्ब ६० करोड कर्जा लगानी गरेको छ ।

ललितपुरको मानभवनमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले देशका विभिन्न स्थानमा रहेका१० वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी निकट भविष्यमा संस्थाले तेह्रथुम, ताप्लेजुङ, फिदिम, इलाम, र्संखुवासभा, तेह्रथुम, गाइघाट र काठमाण्डौमा समेत शाखा विस्तार गर्ने योजना रहेको छ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।