नेपाल बैंकको खुद नाफा झण्डै तीन अर्ब ?

Jul 27, 2016 Merolagani

नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंक(NBL)ले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा खुद नाफा झण्डै तीन अर्ब कमाएको बैंकको उच्च स्रोतले मेरोलगानी डटकमलाई जानकारी दिएको छ । कुनै समय झण्डै धरासायी भएको नेपाल बैंक जगेडा घाटा पुर्ति गरी पूँजी कोषसमेत १० प्रतिशत भन्दा माथि पुर्याएर पूर्ण रुपमा स्वस्थ बनेको स्रोतको भनाई छ ।

नेपाल बैंक स्रोतले भन्यो - गत आर्थिक बर्षको खुद नाफा दुई अर्ब ९५ करोड भन्दा माथि आउनसक्छ । संचालन मुनाफाको मात्रै हिसाब गर्ने हो भने त्यो पाँच अर्ब नाघेको छ ।

यही सूचना बजारमा चुहिएपछि सोमबारदेखि नै नेपाल बैंकको शेयर मुल्य बढ्न थाल्नुका साथै बुधबार सर्वाधिक रकमको शेयर किनबेच भयो । बुधबार नेपाल बैंकको शेयर मुल्य साढे तीन प्रतिशतले बढेर एक लाख ९० हजार कित्ता शेयर ११ करोडमा किनबेच भएको छ । 

नेपाल बैंकको खुद नाफा मेरोलगानी डटकममा यसअघि प्रकाशित पूर्व आँकलन भन्दा धेरै हुने संकेत देखिएको छ ।

बाणिज्य बैंकहरुमा कस्ले कति खुद नाफा कमाए ? ( आँकलनसहित)

नेपाल बैंकले नेपाल ईन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटलको शेयर, बिभिन्न स्थानमा रहेका घरजग्गा बेच्नुका साथै डुबेको कर्जा उठाई चकित पार्ने खालको खुद नाफा आर्जन गरेको बताईन्छ ।


नेपाल बैंकले आफ्नो अबस्थामा तीब्र सुधार गरेपछि अब नागरिक लगानी कोषको ४ लाख कित्ता संस्थापक शेयर बेच्ने अन्तिम तयारी पनि गरेको छ । बैंकलाई नागरिक लगानी कोषको संस्थापक शेयर बेच्न अर्थ मन्त्रालय र कोषबाट स्वीकृति समेत प्राप्त भईसकेको छ ।

६ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको नेपाल बैंकले चुक्ता पूँजी ८ अर्ब पुर्याउँन झण्डै २४ प्रतिशत हकप्रद शेयर निश्काशनका लागि आबश्यक प्रक्रिया अगाडि बढाएको छ । बैंकले यस बर्ष पुराना धेरै कर्मचारीहरुलाई बिदाई गरी नयाँ जनशक्ति भर्ना गर्दैछ ।

विक्रम संम्वत १९९४ सालमा स्थापना भएको नेपाल बैंकले देशभरीमा १२६ वटा शाखा सञ्चालन गरी बैंकिङ सेवा दिइरहेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

बजेटलाई टार्गेट गर्दै शेयर किन्न सुरु, घटेको मौका छोप्दै लगानीकर्ता

May 08, 2024 01:56 PM

सुवास निरौला

बजेटलाई टार्गेट गर्दै दोस्रो बजारमा शेयर किन्ने क्रम सुरु भएको छ। शेयर बजार घटेको मौका छोप्दै लगानीकर्ताले बजेटलाई टार्गेट गर्दै शेयर किन्न थालेका हुन्।