देवः विकास बैंकले हकप्रदका लागि बोलायो विशेष साधारण सभा, माउण्ट मकालुले हकप्रदका लागि बुक क्लोजको मिति तोक्यो

Jul 28, 2016 Mero Lagani

त्रिवेणीले ५० प्रतिशत हकप्रद ल्याउँदै
देवः विकास बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ । उता माउण्ट मकालु डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोजको मिति ताकेको छ । दुवै बैंकले चुक्ता पूँजी बढाउनका लागि हकप्रदको बाटो समातेका हुन् ।

देवः विकास बैंक (DBBL) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भनी सञ्चालक समितिले गरेको निर्णय पारित गराउनका लागि विशेष साधारण सभा बोलाएको हो । बैंकले साउन २८ गते साधारण सभा आह्वान गरेको छ । विशेष साधारण सभा प्रायोजनका लागि बैंकले साउन २० देखि २८ गतेसम्म शेयरधनी पुस्तिकका बन्द रहने जनाएको छ ।

बैंकको हाल ८१ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी एक अर्ब २३ करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी दुई अर्ब ५० करोड र्पुयाउन निर्देशन दिएको छ । त्यही अनुसार बैंकले हकप्रद निस्कासन गर्ने निर्णय गरेको हो ।

उता माउण्ट मकालु डेभलपमेण्ट बैंक (MMDBL) ले धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाए लगत्तै १ बराबर १ दशमलव ५० कित्ता हकप्रद निष्काशनका लागि शेयरधनी पुस्तिका बन्दको सुचना निकालेको छ । बैंकले १ सय ५९ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशनका लागि बैंकले यहि साउन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकको हकप्रद भर्न चाहने लगानीकर्ताले साउन २० गतेसम्ममा शेयर खरिद गरिसक्नु पर्नेछ ।

त्यसै गरि त्रिवेणी विकास बैंक (TBBL) ले पनि चुक्ता पूँजी बढाउनका लागि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा प्रति २ बराबर १ कित्ताका दरले हुन आउने ८२ लाख १ सय ५२ कित्ता शेयर निष्काशनको स्वीकृतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।