यस्तो छ अल्पाइन र काँक्रेविहार विकास बैंकको प्रगति

Aug 04, 2016 merolagani

अघिल्लो आर्थिक बर्षको तुलनामा अल्पाइन डेभलपमेन्ट बैंक (ALDBL)  र काँक्रेविहार विकास बैंक (KKBL) को नाफा बढेको छ । अल्पाइनको नाफा साढे २२ प्रतिशत तथा काँक्रेविहारको करिब साढे २४ प्रतिशतले नाफा बढेको हो ।

अल्पाइन डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा ४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो बर्ष ३ करोड ८३ लाख रुपैयाँ कमाएको बैंकको मुनाफा २२ दशमलव ५० प्रतिशतले धेरै हो । 

बैंकको खुद व्याज आम्दानी, संचालन मुनाफामा बढेपछि बैंकको नाफा बढेको हो। १४ करोड रुपैयाँ चुक्ता पूँजी भएको उक्त बैंकले जगेडामा ६ करोड ९७ लाख रुपैयाँ राखेको छ । बैंकले १ अर्ब ६० करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

खराब कर्जा २ दशमलव ५६ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ३० लाख रुपैयाँ राखेको छ भने ६ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३२ दशमलव ३३ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १४ दशमलव २३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ४८ दशमलव ०९ रुपैयाँ र तरलता अनुपात ३३ दशमलव ५५ प्रतिशत रहेको छ ।

काँक्रेविहारको नाफा २४ प्रतिशतले बढ्यो

काँक्रेविहार विकास बैंकले गत आर्थिक बर्षमा ७० लाख रुपैयाँ कमाएको हो । यो नाफा अघिल्लो बर्षको तुलनामा २४ दशमलव ४६ प्रतिशतको बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ५६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

बैंकको खुद व्याज आम्दानी तथा संचालन नाफा बढेपछि नाफा बढेको हो । बैंकको खुद व्याज आम्दानी तथा संचालन नाफा बढेपछि नाफा बढेको हो । ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा २ करोड २० लाख रुपैयाँ राखेको छ । बैंकले ७९ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४८ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले प्रोभिजनमा ६० लाख रुपैयाँ राखेको छ भने ५० लाख रुपैयाँ खराबकर्जा उठाएको छ । बैंकको प्रतिशेयर आम्दानी ११.५९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३७ दशमलव ५३ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ११ दशमलव ५९ रुपैयाँ र तरलता अनुपात ४७ दशमलव ५१ प्रतिशत रहेको छ ।

.................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।